हिपमत डटकम

शनिबार, कार्तिक १५, २०७७ || 628  पटक पढिएको

एक वर्षअघि ‘यस्तै त हो नि ब्रो’ र्‍याप गीत गाएर विवादमा मुछिएपछि भिटेन भनिने समिर घिसिङलाई महानगरीय अपराध महाशाखाले २०७६ कात्तिक ७ गते जावालाखेलबाट पक्राउ गरेको थियो । त्यतिबेला आइन्दा विवादित काम नगर्ने सर्तमा उनी रिहा भएका थिए ।

भिटेनको पक्राउको विषयलाई लिएर समाज विभाजित नै बन्यो । उनी पक्राउ परेपछि कतिले प्रहरीले राम्रो काम गरेको भन्दै तारिफ गरे भने कतिले उनलाई पक्राउ गर्न नहुने भन्दै विरोध गरे । त्यसबेला उनले सार्वजनिक गरेको भिडियो हटाउन लगाएर भिटेनलाई केही दिन हिरासतमा राखेपछि प्रहरीले आइन्दा गीतमा छाडा शब्द प्रयोग नगर्ने सहमतिमा छाडेको थियो ।

तर, उनै भिटेन एक वर्षपछि फेरि ‘पारा’ बोलको गीत गाएर विवादमा तानिएका छन् । करिब ३ साताअघि युट्युबमा सार्वजनिक भएको ‘पारा’ शीर्षकको भिडियोमा आपत्तिजनक शब्द प्रयोग भएको भन्दै र्‍याप गायक भिटेनलाई कारबाही गर्न प्रहरी प्रधान कार्यालयले १३ कात्तिकमा साइबर ब्यूरोलाई निर्देशन दिएको छ ।

भिडियोमा आपत्तिजनक शब्द प्रयोग भएको र प्रहरीलाई समेत अपशब्द बोलेकाले भिटेनमाथि कारबाही गर्न निर्देशन दिइएको प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतले जानकारी दिए ।

गीतमा भिटेनले प्रहरीलाई डन्ठे भनेका छन् भने लागूपदार्थ सेवन गर्नेलाई ‘तोप तानेको’ भनेका छन् । र्‍यापमार्फत भिटेनले आफू प्रहरी हिरासतमा रहे पनि आफ्नो पारा उस्तै भएको सन्देश दिन खोजेको एसएसपी कडायतले भने । प्रहरी प्रधान कार्यालयको निर्देशन लगतै कारबाही प्रक्रिया सुरु गरिएको साइबर ब्यूरोले जनाएको छ । प्रधान कार्यालयले गीत गाउनेदेखि भिडियो बनाउनेसम्मको काममा संलग्न सबैलाई खोजी गरी अनुसन्धान गर्न भनेको छ ।

‘पारा’ बोलको र्‍यापमा भिटेनले प्रहरीको दमन र हिरासतमा आफू परेको घटनालाई सांकेतिक रुपमा प्रस्तुत गरेका छन् । साथै, उनले र्‍याप यस्तै हुने भन्दै पुनः छाडा शब्द गीतमा प्रयोग गरेका छन् । म्युजिक भिडियोको एक दृश्यमा प्रहरीको गाडीमा आगो लगाएको समेत देखाइएको छ ।

गीतमा भिटेनले प्रहरीलाई डन्ठे भनेका छन् भने लागूपदार्थ सेवन गर्नेलाई ‘तोप तानेको’ भनेका छन् । र्‍यापमार्फत भिटेनले आफू प्रहरी हिरासतमा रहे पनि आफ्नो पारा उस्तै भएको सन्देश दिन खोजेको एसएसपी कडायतले भने ।

प्रहरी प्रधान कार्यालयको निर्देशन लगतै कारबाही प्रक्रिया सुरु गरिएको साइबर ब्यूरोले जनाएको छ । प्रधान कार्यालयले गीत गाउनेदेखि भिडियो बनाउनेसम्मको काममा संलग्न सबैलाई खोजी गरी अनुसन्धान गर्न भनेको छ ।

प्रहरी प्रधान कार्यालयले भिटेनलाई कारबाही गर्न निर्देशन दिएपनि हालसम्म भिटेन पक्राउ परेका छैनन् । साइबर ब्यूरोका एक प्रहरी अधिकृतका अनुसार भिटेनको खोजी सुरु भइसकेको छ ।

भिटेनलाई कारबाही गर्न निर्देशन दिएकोमा फेरि पक्षविपक्षमा विभिन्न टिकाटिप्पणीहरु भएका छन् । कतिपयले यसलाई अभिव्यक्ति स्वतन्त्रतामाथिकै प्रहार भनेका छन् भने कतिपयले अश्लीलता फैलाउनेहरुलाई रोक्न चालिएको जायज कदम ।

भिटेनका समर्थकहरुले भने प्रहरीको कारवाही प्रति प्रश्न उठाएका छन् । ‘लोक दोहोरी गीतमा तिमीलाई अँध्यारोमा च्याप्प समात्छु, अनि ब्याउनी बनाउँछु भन्न हुने, एउटा र्‍यापर भिटेन उनको विधाअनुसार अलिकती भल्गर हुन नहुने ?’ भिटेनका समर्थनमा लेखक दिलनिशानी मगरले फेसबुकमा लेखेका छन् । ‘गीत गाउँदैमा भिटेनलाई समात्न खोज्नु प्रहरीको आक्रमण हो,’ लेखक मगरको बुझाइ छ ।

एकपटक हिरासतमा बसेर निस्केका भिटेनले ‘र्‍यापमार्फत प्रहरीमाथि आक्रमण’ गरेको प्रहरीको बुझाइ छ । साइबर ब्यूरोका एक अधिकृत भन्छन्, ‘भिटेनले गीतमार्फत प्रहरीलाई आक्रमण गरिरहेका छन् ।’

‘अपाच्य र आपत्तिजनक शब्दमार्फत भिटेनले प्रहरीलाई गाली गरेको देखिन्छ,’ ती अधिकृतले रातोपाटीसँग भने, ‘भिटेनको नयाँ गीतमा सुन्न नसकिने शब्द बोलेको पाइएपछि प्रहरीले उनको खोजी सुरु गरेको हो ।’

भिटेनका समर्थकहरुले भने प्रहरीको कारवाही प्रति प्रश्न उठाएका छन् । ‘लोक दोहोरी गीतमा तिमीलाई अँध्यारोमा च्याप्प समात्छु, अनि ब्याउनी बनाउँछु भन्न हुने, एउटा र्‍यापर भिटेन उनको विधाअनुसार अलिकती भल्गर हुन नहुने ?’ भिटेनका समर्थनमा लेखक दिलनिशानी मगरले फेसबुकमा लेखेका छन् ।

‘गीत गाउँदैमा भिटेनलाई समात्न खोज्नु प्रहरीको आक्रमण हो,’ लेखक मगरको बुझाइ छ । फेसबुकमा मगरले ‘प्रहरीले बलात्कारीलाई पक्रनुपर्छ, र्‍यापर लाई होइन’ लेखेका छन् ।

‘भिटेनको कला छ तर जति पब्लिक छन् त्यो भन्दा बढी रफ पनि बोल्छन । सायद यस्तै रफ वर्ड पचाउन नसकेर पनि उनीमाथि यस्तो प्रहार भएको हो,’ भिटेनका समर्थकहरुले भनेका छन् ।

रौतहटमा जन्मिएका भिटेन ‘चुरोट’ नामको गीतबाट चर्चामा आएको थिए । नेपाली र्‍यापर गिरीश खतिवडाले आफ्नो ब्लगमा उनलाई ल्याएपछि भिटेन थप चर्चित भएका हुन् ।

‘ह्यापी तिहार’ गीत बजारमा ल्याएको भन्दै गायक दुर्गेश थापालाई समेत प्रहरीले नियन्त्रणमा लिएको थियो । उक्त गीतले लागूऔषध प्रयोगलाई प्रबद्र्धन गरेको देउसी भैलोको गीतलाई बङ्ग्याएको उजुरीपछि थापा पक्राउ परेका थिए । उनले हिरासतबाटै सो गीत आफ्नो आधिकारिक युट्युब च्यानलबाट हटाएका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!