मनिष दास
हिपमत डटकम
बिराटनगर,माघ-५:तिङ्लामा ठूलो सङ्ख्यामा स्थानीय बासिन्दा विरोध प्रदर्शनमा उत्रिएका छन् भने स्थानीय प्रशासनले पनि व्यापक सुरक्षाकर्मी परिचालन गरेको छ । सोलुखुम्बुको दूधकुण्ड नगरपालिका–११ मा राष्ट्रिय विद्युत् प्रसारण लाइनको विषयलाई लिएर,तिङ्लाका बासिन्दा आन्दोलनमा उत्रिएका छन् ।स्थानीयहरुको गुनासो आफ्नो क्षेत्रमा विद्युत् वितरण नगरी तिङ्लामा बनेको सबस्टेसनमा ३३ केभी प्रसारण लाइन जोडिएकोमा आक्रोसित भएका हुन्। शनिबार सोलुदूधकुण्ड नगरपालिका–८ पत्तालेमा केन्द्रीय प्रसारण लाइन उद्घाटन कार्यक्रम राखिएको थियो । सबस्टेसन रहेको क्षेत्रमा विद्युतीकरण नगरी उद्घाटन गर्नुको औचित्य नरहने भन्दै तिङ्लाबासी आन्दोलनमा उत्रिएका हुन् ।तिङ्लावासीको आन्दोलकै कारण सो क्षेत्रमा आइतबार पनि यातायात सञ्चालन हुन सकेको छैन भने जनजीवन प्रभावित भएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!