हिपमत डटकम

शुक्रबार, कार्तिक १४, २०७७ || 599  पटक पढिएको

बलिउड अभिनेता आमिर खान पछिल्लो समय फिल्म ‘लाल सिंह चड्ढा’को सुटिङका कारणले चर्चामा छाएका छन् । गत बुधबार आमिर फिल्मको सुटिङका लागि गाजियाबाद पुगेका थिए । यसै कुरालाई लिएर आमिरको बिरुद्ध अहिले उजुरी दर्ता गरिएको छ । लोनीका एक विधायकले लकडाउनको नियम उलङ्घन गरेको भन्दै आमिरबिरुद्ध उजुरी दर्ता गरेका हुन् ।

यतिबेला आमिरको उक्त सुटिङ सेटको एक तस्बिर समेत भाइरल भइरहेको छ । जसमा आमिर बिना मास्कमा देखिएका छन् । यही कुरालाई लिएर विधायक नन्दकिशोर गुर्जरले प्रहरीमा आमिरबिरुद्ध लकडाउन नियम उलङ्घन गरेको भन्दै उजुरी दर्ता गराएका छन् ।

उनले उजुरीमा लेखेका छन् ‘आमिर खान आफ्नो टिमको साथ लोनी आएका थिए । यो क्रममा उनले मास्क लगाएको थिएनन् । धेरै भिडभाडमा उनले सामाजिक दुरीको पनि पालन गरेनन् ।’ नन्दकिशोरले आमिरको बिरुद्ध कोरोना महामारीको नियम उल्लङ्घन गरेको आरोपमा मुद्दा समेत दर्ता गर्न माग गरेका छन् ।

आमिर बुधबार ट्रानिका सिटीस्थित रुपाको एक कम्पनीमा फिल्म ‘लाल सिंह चड्ढा’को सुटिङका लागि पुगेका थिए । त्यहाँ आधा घन्टा रहेका उनी सुटिङ सकिएपछि फर्किएका थिए । आमिर त्यहाँ पुग्दा त्यस क्षेत्रमा मानिसहरुको भिड लागेको थियो ।

फिल्म ‘लाल सिंह चड्ढा’लाई अद्धेत चन्दनले निर्देशन गरिरहेका छन् । फिल्ममा आमिर खानको अलवा करिना कपुरको पनि मुख्य भुमिका रहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!