हिपमत डटकम

बिहिबार, कार्तिक १३, २०७७ || 770  पटक पढिएको

 

आँखामा देखिने सातातिना कमजोरीले ठूला रोगको संकेत दिइरहेका हुन्छन् । तर, हामीले कतिपय आँखाका कमजोरीहरुलाई बेवास्ता गर्छौं। यी समस्याअरु पछि गएर ठूलो समस्या बन्न सक्ने कुरामा डाक्टरहरुले सचेत गराएका छन् । यदि हामीले आँखामा देखिएका यी संकेतहरुलाई बुझेर समयमै उपचार गर्न सक्यौं भने ठूला रोगबाट बच्न सकिन्छ।

हरियो तरकारी, माछा आदिबाट आँखालाई चाहिने तत्त्व प्राप्त गर्न सकिन्छ । साथै नियमित व्यायामले शारीरिक प्रणालीहरुको सञ्चालन सुचारु गर्राई आँखामा पर्ने चाप कम गर्न सकिन्छ । हरियो सागसब्जी तथा व्यायामले मधुमेहका रोगीहरुको आँखा र स्वास्थ्यमा पनि लाभ पुग्छ ।

समय-समयमा गरिने नियमित जाँचले शरीरमा लागेको रोग छिटो पत्ता लगाउन सकिन्छ । आँखामा केही असर भएको महसुस भएमा तुरुन्त डाक्टरबाट परामर्श लिई उपचारतर्फलागिहाल्नुपर्छ । सम्पूर्ण शरीर स्वस्थ भएमा आँखा पनि स्वस्थ हुन्छ ।

१. ब्रेन ट्युमरः आँखाने धमिलो देख्न, आँखाको रङ बदलिँदै जानु साथै टाउको दुख्नु, थकान र कमजोरी ब्रेन ट्युमरको लक्षण हुन सक्छ ।

२. मोतियाविन्दुः आँखाको नानीको रङ सेतो हुनु मोतियाविन्दुको लक्षण हुन सक्छ । यो रोगले आँखाको लेन्स बिग्रिने खतरा हुन्छ ।

३. कमलपित्तः आँखाको पहेंलोपना बढ्नु कमलपित्त (जण्डिस)को संकेत हो । यसले कलेजो बिगार्छ, रगत पहेंलो हुनुका साथै पाचनशक्ति कमजोर हुन्छ ।

४. मुटुरोगः शरीरमा कोलेस्टेरोलको मात्रा बढ्दा आँखाको ढकनीको दाग बस्न थाल्छन् । यो मुटुरोगको संकेत हुन सक्छ ।

५. एनिमियाः पूरै आँखा सेतो हुनु एनिमिया वा रगतको कमीको संकेत हुन सक्छ । यसो हुँदा थकान, कमजोरी, सास लिन मुस्किल हुने समस्या हुन्छ ।

६. कन्जंटिभाइटिसः आँखा रातो कुनु कन्जंटिभाइटिस नामको रोगको संकेत हुन सक्छ । यसले शरीरमा विभिन्न गिर्खा आउने इन्फेक्सन र एलर्जीजस्ता समस्या हुन्छ ।

७. थाइराइडः आँखा सुन्निनु वा बाहिर उठ्नु थाइराइडको लक्षण हुन सक्छ । यसले आँखामा तनाव पनि गराउन सक्छ ।

आँखामा आँसु आइरहने समस्या छ ?

आँखा मानवको महत्वपूर्ण अंग हो । त्यसैले आँखाको स्वास्थ्यमा निकै ध्यान दिनुपर्छ । आँखा हेर्दा सानो हुन्छ तर त्यसभित्र समुद्रजस्तै विशाल हुन्छ । बच्चाहरू ४÷५ वर्षको हुनेबित्तिकै आँखा चेक गर्नुपर्छ । आफ्नो बच्चालाई स्याहार गर्दा आँखामा विशेष ख्याल गर्नुपर्छ । चस्मा लगाउनुपर्ने छ भने लगाइदिनुपर्छ ।

बच्चाको दिमाग विकास हुने बेलामा के हुन्छ भने बच्चाले टाढा–टाढाको नदेखेपछि दिमागको विकास कम हुन्छ, त्यसैले चस्मा पनि लगाउनुपर्छ । मधुमेहको बिरामीले बर्सेनि आँखा चेक गर्नुपर्छ । जलबिन्दु जेनेटिक हुन्छ, परिवारमा कसैको छ भने ४० वर्ष उमेर नाघेपछि आँखा सबैले चेक गर्नुपर्छ ।

गर्मी समयमा आँखा चिलाउने एलर्जी हुन्छ । योे समयमा मोतिबिन्दु हुने बिरामी आउने गरेका छन् । मोति बिन्दु उपचार गरेर निर्मूल हुन्छ । सुगरको कारण पनि धेरै आँखाको समस्या आएको छ । यस्तो समस्या उपचार गरेर पूरै समस्या समाधान हुँदैन, कममात्र गराउँछ । मधुमेहको उपचार र आँखाको उपचार सँगसँगै गर्नुपर्छ । चिलाउने, पोल्ने सधैं नै हुन्छ ।

के हो मोतिबिन्दु ?

आँखाको भित्र लेन्स हुन्छ, उमेर बढ्दै जाँदा हाम्रो कपालको रौं फुलेको जस्तै लेन्स पनि सेतो भएर फुल्छ । लेन्सबाट देख्नुुपर्ने हो तर सेतो भएपछि हेर्नलाई असर गर्छ । क्यामराको लेन्स बिग्रियो भने अर्को लेन्स हाल्नुपर्छ, त्यस्तै आँखाको पनि अर्को हाल्नुपर्ने हुन्छ ।

लक्षण– आँखा हेर्न गाह्रो हुने, धमिलो हुने, रातिको समयमा गाडीहरुको हेडलाइट हेर्न नसकिने, घाममा वा कडा प्रकाश भएको ठाउँमा हेर्न नसकिने लक्षण हो ।

रोकथाम– उमेरको कारणले धेरै हुन्छ, यसलाई हामीले रोक्न मिल्दैन । खासै यसको रोकथाम गर्न उपचारबाहेक अरु केही छैन ।

आँखा पाक्ने- अरुबाट सर्ने, आफ्नै फोहोर हातले आँखा छुने गर्दा आँखा पाक्ने हुन्छ । कति मान्छेको आँखाभरि चाया हुन्छ, धेरैले राम्ररी मुख धुँदैनन् । यसले गर्दा आँखा पाक्छ । सधैं सफा रहने गर्नाले यसबाट बच्न सकिन्छ ।

आँखा किन चिलाउँछ ?

एलर्जी भएर आँखा चिलाउँछ । बाहिरको वातावरणबाट आउने धुलो, धुवाँ र अन्य कारणले यस्तो हुन्छ । हावाको माध्यमबाट पनि धेरै रोग आउँछ, आँखा पनि चिलाउँछ । आँखाको डिलमा आँसुको ग्रन्थीहरु हुन्छ, त्यो बन्द हुँदा आँशु आउँदैन, चिप्रा निस्किने गर्छ र त्यसले गर्दा चिलाउँछ ।

चिप्रा किन आउँछ ?

धेरै कचेरा आउन आँखा पाक्नुपर्छ । आँखा बाहिरी अंग हो, त्यसैले सबै धुलोको कणहरु पसेको हुन्छ, त्यसले कचेरा आउँछ । कसैको आँखा सुख्खा हुन्छ, त्यसले आसु आउँदैन, त्यो समयमा अर्कै खालको चिप्रा आउँछ । कुनै चिप्रा लामो तन्किने पनि हुन्छ । कति मान्छेहरुको आइरहने हुन्छ, यसो हुँदा आँखा सुख्खा भयो कि भनेर चेकअप गर्न जरुरी छ ।

अन्धोपनको सम्भावना- अन्धोपन मोतिविन्दुको समयमा उपचार भएन भने हुन्छ । मोतिविन्दु धेरै दिनसम्म राखिरह्यो भने कहिलेकाहीँ त्यो फुट्छ र आँखामा गएर आँखा दुख्ने, पाक्ने हुन्छ । जलविन्दुले पनि अन्धोपन निम्त्याउन सक्छ । शरीरमा ब्लड प्रेसर भनेजस्तै आँखामा आँखाको प्रेसर हुन्छ, त्यो हामीलाई चाहिने भन्दा बढी भयो भने आँखाको नसालाई विस्तारै–विस्तारै सुकाउँदै जान्छ । त्यो नै जलविन्दु हो ।

अहिलेको परिप्रेक्ष्यमा भन्दा मधुमेहले गर्दा पर्दामा खराब गर्छ, पर्दामा सुनिने, रगत आउने गर्दा पर्दाको भित्रि अंग जहाँबाट हो हेर्नुपर्ने, त्यो ठाउँमा आक्रमण गर्छ । त्यसले पनि अन्धोपन हुन्छ । कुपोषणको कारण पनि अन्धोपन हुन्छ ।

९ महिना नपुग्दै जन्मेको बच्चामा आँखाको समस्या देखिन सक्छ । गर्भावस्थामा आमाले खाने औषधिको असरले पनि बच्चाको आँखामा समस्या आउन सक्छ ।

आँसु आइरहने समस्या– हाम्रो आँखाको साइडमा नली हुन्छ, त्यसको माथिल्लो भागबाट आँशु आउँछ । परेलाहरुको साइड साइडबाट बग्दै गएर नाकको डाँडीपट्टि सानो प्वाल हुन्छ, त्यो नली खुलेर नाकमा जान्छ अनि बन्द भयो भने ब्लक हुन्छ । त्यसपछि आँसु आइरहने समस्या हुन्छ । कसैलाई जन्मिँदै हुन्छ भने ठूलो व्यक्तिलाई पनि हुन्छ ।

कम्प्युटर भिजन सिन्ड्रोम– यस्तो समस्याले अहिलेका बच्चाहरु सबैमा चस्मा लगाउनुपर्ने भएको छ । मोबाइल धेरै हेर्ने, फेसबुक चलाउने गर्दा आँखा सुख्खा हुने, टाउको दुख्ने, मसल्सहरु थाकेर टाउको दुख्ने हुन्छ । यसको लागि कम्प्युटर कम चलाउने, टिभी र मोबाइल पनि कम हेर्ने गर्नुपर्छ ।

यदि हेरिरहनुपर्ने छ भने पनि बेलाबेलामा चिम्म–चिम्म गर्नुपर्छ र कम्प्युटर चलाउँदा आफ्नो आँखाको तल्लो भागमा राखेर चलाउनुपर्छ । एन्टिरिफ्लेक्सन चस्मा लगायो भने पनि कम गर्न सकिन्छ । सकेसम्म १ मिटरको दुरीमा राखेर काम गर्दा राम्रो हुन्छ ।

के कारणले आउँछ आँखामा समस्या ?

महिलाहरुमा हर्मोन परिवर्तन हुँदा आँखा सुख्खा हुन्छ भने बच्चाहरुमा बढी चोटपटकको कारण हुन्छ । ४० नाघेपछि जलविन्दु र ५०÷६० वर्ष नाघेपछि मोतिविन्दु हुने बढी छन् । महिलाहरुमा थाइराइडको कारण पनि आँखामा समस्या आउँछ ।

आँखाको चोटपटक, मोतिविन्दु, जलविन्दु, सुगरले पनि आँखाको पर्दामा असर गर्छ । कारखानाहरुमा सेफ्टी गगल्स नहुँदा धेरै समस्या लिएर आउँछन् । काठको कारखानामा काम गर्नेहरुको किलाहरु नै छिरेको समस्या लिएर समेत आउँछन् । बच्चाहरु खेल्छन्, यसले धेरै चोटपटक लागेर आँखामा समस्या हुन्छ ।

आँखा प्रत्यारोपण– आँखाको डल्लो निकालेर डल्लो नै राख्ने हैन । आँखाको नानी, पर्दामा घाउ भयो वा चोटपटक लागेर आँखाको अगाडिको भाग फुट्यो भने त्यो भाग निकालेर दान गरेको आँखा राख्ने हो । यसको लागि पैसा लाग्दैन । प्रोसेसको लागि मात्रै हो । दृष्टिविहीनहरुको लागि नेपालमा लो भिजन क्लिनिक छ, जहाँ आँखाको विशेष उपचार गरेर विशेष किसिमको चश्मा दिइन्छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!