हिपमत डटकम

बिहिबार, कार्तिक १३, २०७७ || 825  पटक पढिएको

अभिनेता अक्षयकुमारको आउँदो फिल्म ‘लक्ष्मी बम’ विवादमा तानिएको छ । केही अगाडि ट्रेलर रिलिज गरिएको फिल्मको अहिले बहिस्कारको माग गर्न थालिएको छ । सामाजिक संजालमा समेत यसलाई बस्किारको माग गरिएको छ ।

फिल्मको नाम तथा यसको कथावस्तु प्रति आपत्ति प्रकट गरिएको छ । कतिपयले फिल्मको नामले हिन्दूका भावनामा ठेस पुर्याएको समेत धारणा राखेका छन् ।
फिल्म मेकर्सलाई श्री राजपुत करणी सेनाको तर्फबाट पनि कानुनी नोटिस मिलेको छ । जसमा फिल्मको नाम परिवर्तन गर्न माग समेत गरिएको छ ।

‘फिल्मको नाम ‘लक्ष्मी बम’ हिन्दुका देवी लक्ष्मीका लागि निकै अपमान हो’ कानुनी नोटिसमा भनिएको छ ‘मेकर्सले जानेर बुझेर देवी लक्ष्मीको अपमान गर्न फिल्मको यस्तो टाइटल राखिएको हो ।’ ‘फिल्मको टाइटल ‘लक्ष्मी बम’बाट हिन्दू समूदायको भावनमा ठेस पुग्छ,’ नोटिसमा उल्लेख छ ।

श्री राजपूत करणी सेनाको तर्फबाट वकिल राधवेन्द्र मेहरोत्राले फिल्म मेकरको नाममा नोटिस पठाएका हुन् । कानुनी नोटिसमा फिल्मको मेकरले बिना सर्त माफी माग्न समेत भनिएको छ । नोटिसमा अगाडि उल्लेख गरिएको छ, ‘फिल्मको माध्यमबाट समाजमा हिन्दु धर्मका देवीदेवताको, रितिरिवाजको र भावनाविरुद्ध गलत सन्देश दिइएको छ ।’
यसअगाडि हिन्दु सेना नामक संगठनले पनि फिल्मको नाम परिवर्तन गर्न माग गरेको थियो ।

फिल्म एक व्यक्तिमा आधारित भएर निर्माण भएको छ । जसलाई एक तेस्रोलिङ्गी भूतको छायाले समात्ने गर्दछ । फिल्ममा अक्षयकुमार मुख्य भूमिका रहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!