हिपमत डटकम
काठमाडौं,माघ-५:सर्वोच्च अदालतले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणस्थलमा रुख कटानको काम रोक्न अन्तरिम आदेश दिए पनि लगानी बोर्ड, नेपालले स्वीट्जरल्यान्डको ज्युरिख एयरपोर्ट इन्टरनेशनल (एजी)सँग आशयपत्र (आरएफपी) माग गरेको छ । शुक्रबार सूचना सार्वजनिक गर्दै लगानी बोर्डले सो विमानस्थल विकास र सञ्चालनका लागि आगामी ४५ दिनभित्र प्रस्ताव पेश गरिसक्नुपर्ने गरी ज्युरिखसँग आशयपत्र माग गरेको हो । यसअघि यो विमानस्थल सार्वजनिक निजी साझेदारी (पीपीपी मोडल)मा निर्माणका लागि बोर्डले गत असोज पहिलो साता नै ज्युरिखलाई संक्षिप्त सूचीमा राखेको थियो । बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीका अनुसार ज्युरिखले ४५ दिनभित्र विमानस्थल निर्माणको आर्थिक र प्राविधिक दुवैको विस्तृत प्रस्ताव पेश गरिसक्नुपर्नेछ । यो समाचार आजको आर्थिक अभियानमा काशीराम बजगाईले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!