झापामा युबाबर्ग मा र हल्दिबारी गाउँपालिकामा सामाजिक काममा सकृय अभि  खतिवडा (फोटो फिचर)

रुद्र पौडेल झापा । झापा हल्दिबारी गाउँपालिका मा पिता राजेन्द्र खतिवडा र माता कविता खतिवडा को कोखमा विं.स.२०५७ पौष ८ गते शनिबार हल्दिबारी गाउँपालिका साबिकको जलथल गा.बि.स मा जन्मिएको थिए। १ बर्षको उमेर देखि नै घरपरिवार देखि टाढा भएर मामाघर (मावल) बसेका खतिवडा ले घर भन्दा प्यारो र न्यानो अभिभावकको माया पाए। मामाघर मा डेडि (मामा घरको बुबा) र आमा को माया जस्तो माया आज सम्म कसैले आफू लाई गरेन्न र गर्दैन्न पनि होला खतिवडा बताउनु हुन्छ । कक्षा -१२ पढदै गरेका युवा खतिवडा करिब ५-७ बर्ष अगाडि देखि नै झापा जिल्ला मा तथा साबिको जलथल हाल हल्दिबारीमा एक असल सामाजिक ,बुद्धिजीवी ,सहयोगिमनका धनी तथा अभियान्ता को रुपमा चिरपरिचित हुनुहुन्छ ।मध्यबर्गिय परिवार मा जन्मेका उनी मनकारी ,सहयोगि र सामाजिक बिचराधारा तथा सकारात्मक सोच राख्ने खालका व्यक्तिमा पर्नु हुन्छ ।

लामो समय हल्दिबारी गाउँपालिकामा विभिन्न चोक बजारको फोहोर टिपेर सरसफाइ अभियान संचालन गरेर ,बालबालिकाको हकहितका लागि आवाज उठाएर ,युबाबर्ग मा आधारित सचेतना कार्यक्रम गरेर तथा अन्य सामाजिक कार्य तथा धेरै सचेतना कार्यक्रम जनचेतनामुलक कार्यक्रम ,र विभिन्न अभियानहरुको नेतृत्व गर्दै अगाडि बढदै हुन्नु छ ।गाउँघर मा दुख मा परेका निमुखा ,गरिब,निम्नबर्गिय बालबालिका ,महिला तथा घर परिवार लाई चन्दा उठाएर तथा बिदेशी युबा हरु बाट सहयोग मागेर खतिवडा ले धेरै मानवीय उदार पनि गरिसकेका छन।केही महिना अगि आफ्नो रगत नेपाल रेड्क्रस सोसाइटी झापा जिल्ला शाखा भद्रपुर मार्फत ७५ बर्ष एक जान बृद्ध बुबा लाई दिएर खतिवडा ले उहाँको ज्यान समेत बचाउनु भएको थियो।

जलथल बाल क्लब का पुर्व अध्यक्ष ,चिल्ड्रेन गार्डेन स्टुडेन्ट क्रिएटिभस फोरमका अध्यक्ष ,जलथल सिटि मा सदस्य ,युबा तथा खेलकुद परिषद हल्दिबारी -३ सदस्य , समुदाय प्रहरी साझेदारी समिति मा सदस्य ,रातमाटे सामुदायिक बन उपभोक्ता समुह का लेखा समिति संयोजक जस्ता गरिमामय पद समाल्दै आउनु भएको खतिवडा हल्दिबारी मा एक कुशल जुझारु युबा व्यक्तित्व हुन।उहाँ ढडुवा बजार सरसफाइ का संयोजक तथा मेची महाकाली सरसफाइ अभियानका अभियान्ता समेत हुनु हुन्छ । १ महिना अगाडि उहाँ हरुकै समूह ले इलाम पाथीभरा मन्दिर मा सरसफाइ तथा २० हजार बराबरको डस्टबिन समेत मन्दिर मा हस्तान्तरण गर्नु भएको थियो।
एक कुशल नेतृत्वदायी भुमिकामा युबाहरु ले स्वदेशमै बसेर केही गर्नु पर्छ र आफू ले सकेको आफू लागेर देश र समाजको लागि आफै गर्नु पर्छ भन्ने सोच खतिवडा राख्नु हुन्छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!