हिपमत डटकम

बिहिबार, कार्तिक १३, २०७७ || 676  पटक पढिएको

अभिनेत्री श्रद्धा कपुर बोल्ड एन्ड ग्ल्यामर अवतारका कारण सधै चर्चामा रहने गर्दछिन् । अब भने उनलाई नागिन अवतार देख्न सकिने भएको छ । जसको जानकारी उनी आफैले सामाजिक संजाल मार्फत दिएकी हुन् ।
श्रद्धाले फिल्म ‘नागिन’मा नागिनको भूमिका निर्वाह गर्न लागेकी छन् । तीन सिरिजमा निर्माण हुने फिल्ममा उनी श्रीदेवी झै इच्छाधारी नागिनको भूमिकामा देखिने छिन् ।

विशाल फुरियाको निर्देशन रहने फिल्म निखिल द्विवेदीले निर्माण गर्न लागेका हुन् । पहिलो पटक नागिनको भूमिका निर्वाह गर्न लागेकोमा उनी निकै उत्साहित छिन् ।
उनले खुसी हुँदै स्टाग्राममा लेखेकी छन् ‘मेरो लागि पर्दामा एक नागिनको भूमिका निर्वाह गर्नु धेरै खुसीको कुरो हो । म श्रीदेवी म्यामको नागिन भूमिका र आँखाको फ्यान हुँ र त्यो हेर्दै ठुली भएकी हूँ । म सधै यस्तो भूमिकामा देखिन चाहन्थे । जसमा भारतीय लोक कथा जोडिएको हुन्छ ।’

श्रद्धा अगाडि श्रीदेवी, रेखा र रीना राय जस्ता बलिउडम अभिनेत्रीले पर्दामा नागिनको भूमिका निर्वाह गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!