हिपमत डटकम

मंगलबार, कार्तिक ११, २०७७ || 786  पटक पढिएको

भूकम्पले क्षतिग्रस्त स्याङ्जाका ३ सय ५१ विद्यालय भवन निर्माण भएको छ । विसं २०७२ को भूकम्पमा क्षतिग्रस्त जिल्लाका ३ सय ५१ वटा विद्यालय भवन निर्माण सम्पन्न भएको पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा) स्याङ्जाका प्रमुख रामप्रसाद आचार्यले बताe ।

आर्थिक वर्ष २०७३-०७४ देखि आर्थिक वर्ष २०७६-०७७ को अन्तिमसम्ममा जिल्ला शिक्षा कार्यालय स्याङ्जा र पूनर्निर्माण प्राधिकरण शिक्षाद्वारा २ सय ७५ वटा विद्यालयका ३ सय ५१ वटा भवन निर्माण सम्पन्न गरिएको प्राधिकरण शिक्षाका प्रमुख आचार्यले बताए । “एकाइ (शिक्षा) कार्यालय स्थापना नहुँदै शुरुका दिनमा जिल्ला शिक्षा कार्यालय स्याङ्जाबाट विद्यालय भवन निर्माण तथा मर्मतको काम हुने गरेका थिए”, कार्यालय प्रमुख आचार्यले भने, “कार्यान्वयन एकाइ स्थापनासँगै विद्यालय व्यवस्थापन समितिमार्फत हाल विद्यालय भवनहरु निर्माण तथा मर्मतका काम जारी छन् ।” स्याङ्जाका एकहजार ३ सय ७१ वटा कक्षा कोठा मर्मत तथा नयाँ निर्माण गरिएको हो ।

स्याङ्जामा चार वटा भवन साउदी सरकारको अनुदानमा निर्माण भएका हुन् भने बाँँकी सबै प्राधिकरणमार्फत बनेका हुन् । प्राधिकरणमार्फत विद्यालय भवनहरु निर्माण तथा मर्मतसँगै आवश्यकताका आधारमा शौचालय निर्माण र खानेपानीको ब्यवस्थापन समेत मिलाइएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!