शनिबार, माघ ०४, २०७६ || 1040  पटक पढिएको

हिपमत डटकम
पोखरा , ४ माघ :अन्नपूर्ण पदयात्रामा हिँडेका चार चिनियाँ नागरिक सम्पर्कविहीन भएका छन् । थोरङ भन्ज्याङ हुँदै मुस्ताङ निस्कने क्रममा उनीहरु हिमपातको कारण मनाङमा हराएको प्रहरीले जनाएको छ ।

‘बिहीबारदेखि परेको हिमपातका कारण सम्पर्क बाहिर हुनुहुन्छ,’ गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) दीपक रेग्मीले भने, ‘मनाङ निस्याङ गाउँपालिका ९ स्थित अन्नपूर्ण संरक्षण क्षेत्र (क्याप) चेकपोस्टमा पुस २७ गते अनुमति लिएर जानु भएको थियो ।’ मनाङदेखि निस्केका उनीहरु थोरङ भन्ज्याङ भने नकटेको प्रहरीको अनुमान छ ।

हराउँनेमा २ महिला र २ पुरुष छन् । हराएका ४ पर्यटकमध्ये पासपोर्ट नम्बर ईजी ११२९६२ भएकी ह्वाङ यिविन र ईओ ५२५६४८० पासपोर्ट नम्बरकी छाथ स्याउ थिङ हुन् । यिनीहरु दुवै महिला हुन् । त्यसैगरी ईसी ३४६७१० पासपोर्ट नम्बरका मा छ्यानली र ई ६६८७००५ पासपोर्ट नम्बरका आनत चात रहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!