नवलपरासीमा हत्या गरिएका सन्तको हत्यारालाई कारबाहीको माग गर्दै विश्व हिन्दू परिषद, नेपालले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । कार्तिक ९ गते नवलपरासी पश्चिमको सुस्ता गाउँपालिका वडा नं. ४ नर्सही, पश्चिम डाडी स्थिति हनुमान मन्दिरका पूज्य सन्त श्री महगु केवटको हत्या गरिएको थियो ।

पत्रमा भनिएको छ, ‘नेपालमा साधुसन्त समेत सुरक्षित नरहनु दुर्भाग्यपूर्ण हो । सम्पूर्ण हिन्दू धर्मावलम्बीहरूको आस्थासँग जोडिएको साधु–सन्तहरुको सृंखलाबद्ध हत्या एवं साधु–सन्तमाथि सांघातिक आक्रमणले सम्पूर्ण सनातनी समाज मर्माहीत तथा आक्रोशित भएको छ । उक्त अमानवीय घटनाको विहिप नेपाल कडा शब्दमा निन्दा गर्दछ । हत्यामा संलग्न अपराधीलाई यथाशीघ्र कानुनी दायरामा ल्याई सार्वजनिक गरी कारवाही गरियोस् साथै मृतक सन्तलाई सहिद घोषणा गर्दै सन्तसमाजको सुरक्षा–व्यवस्था मिलाउन सरकार समक्ष विहिप नेपाल माग गर्दछ ।’

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!