हिपमत डटकम

शनिबार, कार्तिक ०८, २०७७ || 888  पटक पढिएको

काठमाडौं । शुक्रबार मध्यरातपछि नेपालमा प्रशारण हुने विदेशी च्यानलमा विज्ञापन रहित नियम अर्थात ‘क्लिन फिड’ लागू भएको छ । विज्ञापन नियमन गर्ने ऐन २०७६ को दफा ६ को व्यवस्था अनुसार शुक्रबार मध्यरातिपछि अनिवार्य क्लिन फिड लागू भएको हो ।

‘क्लिन फिड’ लागू भएसँगै अधिकांश विदेशी टेलिभिजनको प्रशारण तत्कालका लागि रोकिएको छ । भारतीय टेलिभिजन नेटवर्क कम्पनीहरुले च्यानल क्लिन फिडमा उपलब्ध नगराएकाले प्रशारण बन्द भएको हो । ‘जी’ र ‘सोनी’ अन्तर्गतका च्यानलहरु मात्र विज्ञापनरहित कन्टेन्टमा आएकाले प्रशारण भैरहेका छन् । भारतीय स्वामित्वमै रहेका स्पोर्टस च्यानलहरु पनि बन्द भएका छन् ।

१५ वर्षदेखिको प्रयास स्वरुप क्लिन फिड लागू भएकोमा मिडिया सञ्चालकहरुले भने स्वागत गरेका छन् । क्लिनफिड लागू भएसँगै बहुराष्ट्रिय कम्पनीले स्थानीय विज्ञापन बनाउनु पर्छ । क्लिनफिड लागू भएपछि अहिलेको १२ अर्बको विज्ञापन बजारको ५० प्रतिशत वृद्धि हुने अनुमान छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!