खबर ठुलो छ

बलिउड फिल्म उद्योगको वर्तमान अवस्थामा निकै परिवर्तन आइसकेको छ । आजभोलि कुनै पनि फिल्म हिट बनाउनको लागि फिल्ममा बोल्ड गित वा बोल्ड सीन जरुरी नै भएको छ । तर, बलिउडमा पनि कुनै समय यस्तो थियो जतिबेला एउटा चुम्बनको दृश्यले फिल्म नै रोकिन्थ्यो ।

यसैबीच, बलिउडकी सबैभन्दा सुन्दर र सदाबहार अभिनेत्री रेखाले एउटा फिल्ममा दिएको बोल्ड सीनका कारण सबै आश्चर्यमा परेका थिए । उनले दिएको सीनका कारण फिल्ममाथि सेन्सरसीप लागेको थियो ।

सन् १९६९ मा रेखाले फिल्म ‘अंजाना सफर’ मा मुख्य भूमिका निभाएकी थिइन् । उनीसँगै भूमिकामा थिए बिस्वजीत । फिल्मको एउटा सीनमा रेखाले बिस्वजीतलाई चुम्बन गरेकी थिइन् । जसको कारण रेखा निकै चर्चामा आइन् । र उक्त सीनका कारण फिल्ममाथि सेन्सर बोर्डमा मुद्दा दर्ता भयो । र फिल्म रिलीज भएन । त्यसपछि फिल्म १० वर्षपछि मात्रै सन् १९७९ मा रिलीज गरियो ।

फिल्म रिलीज भए पनि निकै झन्झट बेहोर्नुपरेको थियो । फिल्मको नाम ‘अंजाना सफर’ नै सबैभन्दा समस्याको विषयमा बनेको थियो । त्यसैले फिल्मको नाम परिवर्तन गरेर ‘दो खिलाडी’ राखी रिलीज गरिएको छ ।

फिल्म निकै लामो समयपछि रिलीज भएको भए पनि रेखा र विनोद खन्नाका प्रशंसकहरुले उनीहरुको कामको निकै प्रशंसा गरेका थिए ।

शनिबार, कार्तिक ०८, २०७७मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबरहरु
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया