दाङ। दाङमा छोराले आफ्नै बुवाको हत्या गरेका छन् । जिल्लाको बंगलाचुली गाउँपालिका वडा नं. २ निवासी २२ वर्षीय छोरा वीरबहादुर विकले आफ्नै ४५ वर्षीय बुवा बालाराम विकलाई घरको छतबाट धकलेर हत्या गरेका छन् । छतबाट खसेपछि बालारामको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ।
जिल्ला प्रहरी प्रवक्ता डिएसपी सुमित खड्काका अनुसार घटना गएराति पौने १२ बजेतिर हो । ‘सामान्य घरायसी विवादपछि छोराले बुवालाई कुटपिट गरी घरको छतबाट खसालेर हत्या गरेको भन्ने खुल्न आएको छ,’ डिएसपी खड्काले भने, ‘छोरालाई बिहानै पक्राउ गरिसकेका छौं।’
घटनाबारे प्रहरीलाई शनिबार बिहान २ बजेमात्रै खबर आएको र प्रहरी घटनास्थल पुगेको डिएसी खड्काले बताए । घटनाबारे थप अनुसन्धान हुन बाँकी रहेको डिएसपी खड्काले बताए ।