को होला त्यो मसँग आँखा जुधाउने, रोगै पिरती, सोल्टिनी भनी बोलाको, मुग्लान लगायतका चर्चित गीतका गायक सुनिल गिरीले दशैँको अवसर पारेर नयाँ गीत ‘मसला’ सार्वजनिक गरेका छन् । कोरोना कहरको समयमा पनि संगीत सृजनामा निकै तल्लिन गायक गिरीले आफ्नै निर्देशनमा तयार पारेको ‘मसला’मा सुनिललाई स्वरमा साथ पछिल्लो समयकी चर्चित गायिका एलिना चौहानले दिएकी छिन् ।

नयाँ अनुहारलाई मात्रै आफ्नो गीतमा स्थान दिने गायक गिरीले यसपटक भने चर्चित अनुहार सुधिर श्रेष्ठ, बुद्धि तामागं, नायिका जेबिका कार्की र विशाल रेग्मीलाई आफ्नो भिडियोमा स्थान दिएका छन् । गायक स्वयमकै शब्द, संगीत र एरेन्ज रहेको गीतमा टिकटकबाट चर्चा कमाएका सुधिर र जेबिकाको जोडी गज्जब जमेको छ ।

सार्वजनिक गीतको कोरियोग्राफी सुरेन्द्र बसेलले गरेका हुन् । विकाश दाहालको कलर र सम्पादन रहेको भिडियोको छायांकन चर्चित छायांकार हरि हुमागाईले गरेका हुन् । सुनिलकै कन्सेप्टमा तयार भएको मसला सुनिकै च्यान मार्फत सार्वजनिक गरिएको हो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!