सिरहा । माननीय महिला,बालबालीका तथा ज्येष्ठ नागरिक मंत्री लिलानाथ श्रेष्ठलाई मन्त्री परिषददमा मनोनित हुनु भएकोमा मन्त्रीलाई सम्मान गर्न नरहा गाउँ पालिकामा कार्तिक ७ गते स्वागत तथा सम्मान कार्यक्रमको आयोजना गरिएको छ । नरहा गाउँ पालिकाका अध्यक्ष रामसरण यादवको अध्यक्षतामा प्रमुख अतिथि माननीय मन्त्री श्रेष्ठले आफू महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्राालयको जिम्मोवारी पाएकोले आफ्नै कार्यकालमा नै जेष्ठ नागरिकले पाउने भत्ता ५ हजार पुन्याइने छ भन्दै शिक्षाको अभावमा पाएको भत्ता पनि सन्तानहरुले बुढाबुढी उपयोग गर्न नसकेकोले एउटा चुनौती नै देख्दछु । किनभने हाम्रो प्रदेश नं. २ शिक्षाको मापदण्डमा कर्णाली प्रदेश पछि दोस्रो स्थानमा नै छ । यस प्रदेशमा सबै सुबिधा सम्मपन्न भएको ठाउमा शिक्षामा बिकास नहुनुमा केवल सरकारमात्र देषी हो त, हाम्रो संबिधानले १६ वटा मौलिलक अधिकार उल्लेख गरेकोमा ८ कक्षासम्म अनिवार्य शिक्षा,माध्यमिक तहसम्म निशुल्क शिक्षा तथा दलितलाई उचचा शिक्षा सम्म्को व्यवस्था भएको उल्लेख छ तर स्कूल को ढोका सम्म पुर्याउने काम त अभिभावक कै हो तर अहिले विद्यालय जानु भन्दा बढी बालबालिका दुव्र्यसनमा लागेका ,मादक पदार्थको प्रयोग गरेर अभिभावकहरुले कहालीलाग्दो जीवन बिताउनु परेको छ भने अशिक्षाकै कारणले महिला हिंसा बृद्धि भइ रहेको छ । त्यसैले सबभन्दा पहिले शिक्षामा बिकास हुनु पर्दछ अनि मात्र देशमा स्मृद्धि आउन सक्छ भन्दै यसमा नेपाल सरकारको तर्फबाट हामी सदैव काँधमा काँध मिलाइ चल्ने भनि वाचा गनृू भएको छ ।
कार्यक्रममा बिशिष्ठ अतिथि प्रदेश सभा सदस्य जगतारैन देबी साह अतिथिहरुमा,प्रदेश सभा सदस्य दीपेन्द्र कुमार यादव, जि.स.स. उप प्रमुख सरोज कुमार यादव,गाँउ पालिकाका उपाध्यक्ष गुलाव देवी चौधरी,बिभिन्न वाडका वाड अध्यक्ष्यहरु,प्रमुख प्रशासकीय अधिकृत राजकुमार दास लगायत पूर्व प्रधानाध्यापक पाण्डव यादव,तथा पूर्व शिक्षकहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!