हिपमत डटकम

शुक्रबार, कार्तिक ०७, २०७७ || 765  पटक पढिएको

जायरा वसीम २० बर्ष लागेकी छन् । उनको जन्म २३ अक्टुबर, २००० मा भएको थियो । कलिलै उमेरमा बलिउड करियर सुरु गरेकी जायराको डेब्यु फिल्म आमिर खान अभिनित ‘दंगल’ हो । फिल्ममा उनले पहलमान गीत फोगाटको बाल्यकालको भूमिका निर्वाह गरेकी थिइन् । फिल्म सुपरहिट सावित भयो ।

उनको ‘दंगल’ अभिनय समेत धेरैले रुचाए । ‘दंगल’कै कारणले उनले राष्ट्रिय पुरस्कार समेत हात पारिन् । त्यसपछि उनले आमिरकै साथ ‘सीक्रेट सुपरस्टार’ मा काम गरिन् । यो फिल्म पनि हिट भयो ।

फिल्ममा उनले एक मुस्लिम केटीको भुमिका निर्वाह गरेकी थिइन् । यो फिल्मबाट उनको हातमा उत्कृष्ट अभिनेत्रीको अवार्ड समेत पर्यो ।

त्यसपछि उनी अभिनेत्री प्रियंका चोपडासँग फिल्म ‘द स्काई इज पिंक’मा देखिएकी थिइन् । फिल्मको सुटिङ पुरा भएपछि उनले फिल्म उद्योग छोड्ने घोषणा समेत गरिन् ।

फिल्म उद्योग छोड्ने घोषणाको बिषयमा उनले आफू सन्तुष्ट नरहेको लेखेकी थिइन् । उनले अभिनेत्री भएको कारणले आफू इस्लामबाट टाढा हँुदै गएको समेत उल्लेख गरेकी थिइन् । यहि कारणले उनले फिल्म उद्योग पनि छोडिन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!