हिपमत डटकम

शुक्रबार, कार्तिक ०७, २०७७ || 694  पटक पढिएको

अभिनेत्री कंगना रनौतमाथि अदालतको अवहेलना गरेको आरोप लागेको छ । सोही कारणले उनी विरुद्ध मुम्बईको एक अदालतमा एफआइआर दर्ता भएको छ ।
एफआईआरमा उनले अदालतविरुद्ध दुर्भावनापूर्ण तथा अपमानजनक पोष्ट गरेको आरोप लगाइएको छ ।

मुम्बईका वकिल अली काशिफ खान देशमुखले अधेरीको मजिस्ट्रेट कोर्टमा उनी विरुद्धको उजुरी दिएका हुन् । जसमा उनलाई धार्मिक समुदायका बीच विग्रह र मनमुटाव पैदा गरेको आरोप समेत लगाइएको छ ।
देशमुखले उजुरीमा लेखेका छन्, ‘अभिनेत्रीमा देशको विविधता र कानुनको सम्मान छैन । यहाँसम्म पनि उनले अदालतको मजाक समेत उडाउँछिन् । बान्द्र अदालतले एफआईआरको आदेशमा कंगनाले ‘पप्पु सेना’टर्मको प्रयोग गरेर अदालतविरुद्ध दुर्भावनापूर्ण र अपमानजनक ट्वीट गरिन् ।’ यस विषयमा १० नोबेम्बरमा अधेरी अदालतमा सुनुवाई हुनेछ ।

कंगनाको विरुद्ध १० दिनमा तीन एफआईआर दर्ता भएको छ । पहिलो किसानहरुको अपमान गरेको आरोपमा तमुकुर(कर्नाटक)को क्याथासान्द्रा थानामा एफआईआर दर्ता भएको छ । यो एफआइआर वकील एलरमेश नाइकले दर्ता गरेका हुन् ।

अर्काे कास्टिङ निर्देशक तथा फिटनेश ट्रेलर साहिल अशरफ अली सैयदले कंगना तथा उनको बहिनी रंगोलीलाई बलिउडमा धर्मको नामबाट फुटल् याउन खोजेको आरोप रहेको छ ।
दर्ता भएको एफआइआरको विषयमा सोधपुछका लागि मुम्बई पुलिसले कंगनालाई २६ र रंगोलीलाई २७ अक्टुवरमा बोलाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!