हिपमत डटकम

बिहिबार, कार्तिक ०६, २०७७ || 581  पटक पढिएको

गत वर्षको दशैंमा खसीबोका बेचेर मनग्गे कमाएका देवघाट गाउँपालिका–२ नरामका कृषक विशाल थापा मगरको यसपाली विक्री नहुँदा हात पुर्पुरोमा छ ।
सबैभन्दा धेरै विक्री हुने दशैंको बेला नै विक्रीमा समस्या परेकाले उहाँ चिन्तित बन्नुभएको हो । आपूmले पालेको र छिमेकीको खरीद गरेर ११ वटा खसी र १७ वटा बोका बेच्नको लागि सदरमुकाम दमौलीमा ल्याउनुभएका थापा तीन वटा खसी र सात वटा बोका मात्रै विक्री भएको थापाले बताउनुभयो । प्रतिकिलो जीउँदोको ५५० रुपियाँको दरले विक्री गर्दा पनि ग्राहकले किन्न गा¥हो मानेको थापाको भनाइ छ ।

‘चितवनमा ६१० प्रतिकिलोमा विक्री भएको सुनिएको छ तर यहाँ ६० रुपियाँ प्रतिकिलो घटाउँदा पनि विक्री हुन समस्या परेको छ ।’ थापाले भन्नुभयो ।
थापा जस्तै सोही ठाउँका तुलबहादुर राना पनि खसी बोका विक्री नहुुँदा चिन्तामा हुनुहुन्छ । विगतका वर्षहरुमा खसीबोका किन्ने मान्छे गाउँमै पुग्थे यसपाली विक्री नभएर बजार ल्याईयो तर विक्री गर्न कठिन भयो रानाले भन्नुभयो’ ।

तीन दिन अघि १३ वटा बोका र १२ वटा खसी बेच्नको लागि ल्याएकोमा तीन वटा खसी र सात वटा बोका मात्रै विक्री भएको रानाले जानकारी दिनुभयो । ‘ अष्टमीको दिनसम्ममा विक्री हुन्छ कि भन्ने आश छ नत्र सस्तोमा भए पनि विक्री गर्नुपर्ला’ रानाले भन्नुभयो । कोरोना भाईरसले गर्दा बजारमा चहलपहलमा कमी आउनु तथा आम्दानी पनि कम भएकाले विक्री कम भएको अनुमान कृषकको छ ।

तनहुँ उद्योग वाणिज्य सङ्घका प्रथम उपाध्यक्ष वैकुण्ठनाथ मिश्र होटल, रेष्टुरेन्ट बन्द हुनु, भोजभतेर नहुनु, होमस्टे लगायतका पर्यटन क्षेत्रहरु ठप्प हुनु जस्ता कारणले गर्दा मासु खपत घटेकाले कृषकलाई विक्री गर्न समस्या भएको बताउनु हुन्छ । आम्दानी कम भएकोले दिनदिनै, हप्तै पिच्छे मासु खानेहरु पनि खर्च कटाउन थालेकाले प्रभावित भएको मिश्र बताउनुहुन्छ ।

गाउँकै मूल्यमा सहरमा खसीबोका पाउँदा मासु व्यावसायी खुसी
यसैबीच, कृषकलाई विक्री नभएर समस्या परे पनि दमौली बजारमा मासुको व्यवसाय गर्नेलाई भने फाईदा भएको छ । गाउँकै मूल्यमा बजारमा खसी बोका खरीद गर्न पाउँदा सजिलो भएको दमौली मासु व्यवसाय गर्नेहरुको भनाइ छ । व्यास नगरपालिकाको माछा– मासु पसलमा केसी मासु पसलका सञ्चालक कृष्ण केसीले बजारमा आपूmले चाहेको मूल्यमा खसीबोका पाएकोले गाउँ जान छाडेको बताउनुभयो

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!