शनिबार, माघ ०४, २०७६ || 1818  पटक पढिएको

हिपमत डटकम
बिराटनगर,४ माघ:गायिका आस्था राउतले सिक्किम कन्सर्टका लागि भद्रपुरतर्फ उड्न लाग्दा विमानस्थलको चेकजाँच गर्ने प्रहरीले आफुमाथि दुर्व्यवहार गरेको भन्दै सामाजिक सञ्जालमा तथानाम गाली गरेपछि अहिले यो विषयले सामाजिक सञ्जाल तातेको छ । फेसबुक, ट्विटरजस्ता सञ्जालमा कसैले आस्थाको पक्षमा भनाइ व्यक्त गरिरहेका छन् भने कसैले सुरक्षा जाँचमा खटिएकी प्रहरी जवानको पक्षमा आफ्नो भनाइ लेखेको पाइन्छ ।

शुक्रबार प्रहरीले सो विषयको सिसिटिभी फुटेज सार्वजनिक गरेपछि गायिका आस्था राउतको गल्ती देखिएको भन्दै राउतलाई गाली गर्नेहरू बाक्लिएका छन् । यद्यपि कतिपयले आफ्नो गल्तीविना नडराउने हक्की स्वभावकी गायिका आस्था भन्दै सामाजिक सञ्जालमा स्टाटस लेखेका छन् । यसै विषयमा लोकप्रिय गायक राजेशपायल राईले भने मध्यधारकाे स्टाटस लेखेका छन् । कुनै एयरपाेर्टमा भारतीय कलाकार साहरुख खानलाई भित्री वस्त्र नै चेक गरेकाे प्रसंग जोड्दै कुनै पनि पक्षमा नरही तटस्थ स्टाटस लेखेका छन् ।

उनले आफ्नो फेसबुक पेजमा लखेका छन् : “एयरपोर्टमा साहरुख खानलाई त झन कट्टुमै चेक गरेको थियो । त्यो उस (प्रहरी)काे अधिकार हो । अब रह्यो पुलिसले कस्तो व्यवहार गर्‍यो चेकिङमा कफी, पानी लान पाइदैन इभन वाल्लेट (मनी ब्यग) पनि पाइदैन उनी बहिनी हुन् । राम्री गायिका हुन् । अझ एक रियलिटी सो द भ्वइसकी कोच पनि हुन् । आफ्नो इज्जत ठाउँमा राख्नुपर्छ । माया लिनेले घृणा पनि सहनु सक्नु पर्छ, तब न हामी कलाकार, उसै त हामी नाथे कलाकार । धेरै रुन्ची नबन, अब तिमी ठुली भइसक्यौ । आस्था र एअरपोर्टमा खटिएका कर्मचारी दुबै सुध्रिन आवस्यक छ’ ।”

यस्तै उनि माथि विभिन्न अन्य कलाकारहरुले पनि आफ्नो आफ्नो तर्फ़ बाट राय ब्यक्त गर्दै आस्थालाई सहानुभूति दिइरहेका छन् । उता आस्थालाई प्रहरीले भने ‘अभद्र व्यवहार’ को मुद्दामा कारबाही प्रक्रियाअघि बढाएको छ । महिला प्रहरी श्रेष्ठले गायिका राउतले सुरक्षा जाँचका क्रममा दुर्व्यवहार गरेको भन्दै विमानस्थल प्रहरी कार्यालयमा जाहेरी दिएकी थिइन् । उक्त जाहेरी महानगरीय प्रहरी कार्यालय रानीपोखरी पठाइएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंमा उक्त जाहेरी प्राप्त भएपछि गायिका राउतमाथि कारबाहीको हुने काठमाडौं परिसरका प्रमुख उत्तमराज सुवेदीले जानकारी दिए । गायिका राउतको कसुर प्रमाणित भएमा पाँच महिनादेखि एक वर्षसम्म कैद वा पाँच सय रुपैयाँदेखि एक लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनसक्ने छ ।

यता हास्य कलाकार दिपक राज गिरीले पनि आस्थालाई सहानुभूति प्रकट गर्दै यस्तो स्टाटस आफ्नो फेसबुकमा लेखेका छन् : प्रिय आस्था बहिनी…यो बिषयमा लेख्न मन थिएन तर तिम्ले निरन्तर गालि खाएको देखेर किन किन लेख्न मन लाग्यो म पनि बिगतमा यस्ता धेरै घटनाहरू बाट गुज्रेको छू यस्तै प्रकारका घटनाहरू बाट पाठ पनि सिकेको छू…..समस्या कॉहाबाट आयो भने… तिम्ले भिडको सामना गर्दै प्रहरी लाइ चेक गराउदै अधि बढ्नु पर्यो .. भिड र संबेदनशील क्षेत्र मा काम गर्ने प्रहरी जवान हरू लाइ छुट्टै प्रेसर हुन्छ.. उनिहरू लाइ छुट्टै दवाव हुन्छ..उनिहरू १० घन्टे लामो ड्यूटीमा हुन्छन्, सानो गल्ति भए ज़ागिरै संकटमा पर्छ… त्यस्तो बेला उनिहरू वाट अलि रूखो ब्यबहार निस्किन्छ पनि त्यॉहा पनि निस्कियो होला तर हामि कलाकार वा सेलेब्रिटीज़ को गल्ति नै नभए पनि समाचार बाहिर आएपछि गल्ति हाम्रै देखिने रहेछ । सेलेब्रिटीज़ भनेको सेतो कपडा रहेछ..अरू रंगमा दाग नदेखिए पनि सेतो मा सानो दाग पनि देखिहालिन्छ..अत सहनु पर्ने हामिले नै रहेछ…बिदेशमा प्राय: यस्तो घटना हूदैन किनकि त्यॉहा नेता मात्रै vip हूदैनन् धेरै कर तिर्ने ब्यापारिहरू, नाम चलेका खिलाड़ी, कलाकार हरू लाइ पनि vip मानिन्छ र सुबिधाजनक ढंगले चेक जॉच हुन्छ र भिडको सामना गर्नु पर्दैन र यस्तो दुर्घटनाको सम्भावना कम हुन्छ तर यो देशमा नेता मात्रै vip हो ..यो संबेदनशीलता लाइ हामिले बुझ्नु पर्छ । किनकि हामि भिड बाट नै गुज्रिनु पर्छ त्यस्तो अबस्थामा हामि सतर्क हुनै पर्छ । मापसे कान्ढमा म पनि परे गल्ति मेरै थियो तर जब म प्रहरी को पन्जामा परे म माथि भएको दूर्ब्यबहार डर लाग्दो नै थियो तर मेरो कुरा लाइ कसैले गम्भीरतापूर्वक नै लिएनन्…यसबारे हामिले नै होसियार हुनु पर्ने रहेछ…हामि लाइ अन्याय नै भयो भने पनि “कलाकार हो फूर्ती देखायो होला फस्यो नि “भनिदो रहेछ त्यसैले सकेसम्म यस्तो झमेलामा नपर्नु र परिहाले पनि माफ़ पॉउ भनेर छट्किनु नै सबैभन्दा उत्तम रहेछ…तिम्लाइ पनि त्यस्तै केहि रूखो ब्यबहार प्रयोग भयो होला.. तर गल्ति तिम्रो फ़ेसबुक लाइभ ले गर्यो त्यस्मा प्रयोग भएका शब्दले समस्या उत्पन्न गरायो । तिमिलाइ केहि नभइ त्यस्तो भनिनौ होल …तर बाहिर बाट हेर्दा तिमि नै अमर्यादित देखियो अत: यो घटना लाइ तिमिले हामिले सबैले एउटा पाठको रूपमा लिनु पर्छ…जे हुन्छ राम्रैको लागि हुन्छ आज कतिपय स्ट्याटस हरू “कलाकार यस्तै घमण्डी हुन्छन्“ भनेर आउछ दुख लाग्छ…त्यसैले सत्य जे होस् त्यो प्रहरी जवान बहिनी संग म माफ़ी माग्छू तिमि पनि माग..सेलिब्रिटी कल्चर हाम्रो देशमा छैन, हामि सामान्य नागरिक नै हौ यो बास्तबिकता लाइ बुझौ.!!!

गायिका राउतलाइ विमानस्थलमा चेकजाँच गर्दा ज्याकेट खोल्न लगाइएको थियो । तर हातमा कफी बोकेकी उनले हातले ज्याकेट खोल्न अपठ्यारो भएपछि प्रहरीलाई उनले हात खाली नभएकाले ज्याकेटको गोजी मात्रै छाम्नुहोस् भनेर आग्रह गरेको र नमान्दा प्रहरी र राउतबीच केही चर्काचर्की भएको सिसिटिभी फुटेजमा देखिन्छ । विमानस्थलमा गायिका आस्थालाइ चेकजाँच गर्ने प्रहरी जवान रमिता श्रेष्ठले आफूमाथि अभद्र व्यवहार भएको भन्दै विमानस्थल सुरक्षा प्रहरी कार्यालयमा उजुरी समेत दिइसकेकी छन् । शुक्रबार प्रहरी जवान रमिता श्रेष्ठले आफू ड्यूटीमा रहँदा गालीगलौज र अभद्र व्यवहार भएको भन्दै उजुरी दिएकी हुन् ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!