निशान कंडेल

बिहिबार, कार्तिक ०६, २०७७ || 1140  पटक पढिएको

अभिनेत्री पुजा शर्मा र सन्तोष विक्रम खड्गीको अभिनय रहेको नेपाली, नेवारी, स्पेनिश फ्युजनमा आधारित गीत डार्लिङ तिमी बांलाः सार्वजनिक गरिएको छ । सन्तोष विक्रम खड्गीको स्वरमा रहेको उक्त गीतको भिडियो स्वयं खड्गीकै अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

अभिनेत्री पुजा शर्मा पहिलोपटक नेवारी भेषभुषामा देखिएकी छिन् । गीत सार्वजनिक भएपछि पुजाले भनिन्, ‘पहिलोपटक यस्तो किसिमको गीतमा काम गरेँ, वास्तबमै मज्जा आयो ।’

यो गीतको भिडियो ललितपुरको मंगलबजारमा छायांकन गरिएको हो । २ दिन लगाएर खिचिएको गीतको भिडियोमा पुजा र सन्तोषको केमेस्ट्रि निकै सुहाएको छ । नायक सन्तोष विक्रम भन्छन्, ‘दर्शकले पहिलोपटक यो किसिमको गीत हेरेको हुनुपर्छ । गीत र भिडियो निर्माणमा निकै मिहेनत गरेकाले पनि दर्शकले सहर्ष स्विकार्नेमा म विश्वस्त छु ।’

गीतको भिडियोलाई अहिलेका व्यस्त तथा चर्चित चलचित्र सम्पादक शाहिल खानले निर्देशन गरेका हुन् । उनका लागि पनि यो गीतको भिडियो चुनौतिका रुपमा बजारमा आएको छ । किनभने, यसअघि उनले कुनै गीतको निर्देशन गरेका छैनन् । गीतबारे शाहिल भन्छन्, ‘गीत असाध्यै मन परेरै मैले निर्देशन गर्न राजि भएको हुँ । यो गीत सफल हुन्छ भन्नेमा म ढुक्क छु ।’

निर्मल विकको रिरिक्स, म्युजिक तथा विजेश्वरको एरेन्जमा समेटिएको यो गीतको भिडियोमा सुरेन्द्र बसेलको कोरियोग्राफी, राजेन्द्र मोक्तानको रङ संयोजन, सुदीप बरालको छायांकन रहेको गीतलाई मिलन श्रेष्ठ र शाहिल खानले संयुक्त रुपमा सम्पादन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!