बीरेन्द्रकुमार साह

बिहिबार, कार्तिक ०६, २०७७ || 1122  पटक पढिएको

बिराटनगर |निजी क्षेत्रको लगानीमा प्रदेश १ मा पहिलो पटक कोरोना परीक्षण गर्ने ल्याव सुचारु गरिएको छ । विहिबार एक औपचारीक कार्यक्रमका बिच प्रदेश १ का आन्तरीक मामीला तथा कानुन मन्त्री हिक्मत कार्कीले ऋवन काटेर सो कार्यक्रमको उद्घाटन गरेका छन । कार्यक्रममा बोल्दै मन्त्री कार्कीले सो ल्यावले प्रदेश १ का जनताले छिटो कोरोना परिक्षणको सेवा प्राप्त गर्ने बताए ।


राष्ट्रिय जनस्वास्थय प्रयोगशाला, टेकुबाट ल्याबले पीसीआर परीक्षण अनुमति पाएको ल्याबकी प्रमुख कन्सल्टेण्ट प्याथोलोजिष्ट डा. मुकुन्दा शर्माले जानकारी दिइन् । यो सँगै अब प्रदेश १ मा पीसीआर परीक्षण थप सहज हुन र सर्वसाधारणलाई छिटोछरितो सेवा दिनका लागि ल्याबले कुनै कसर बाँकी नराख्ने रिजाल ग्रृपका अध्यक्ष नविन रिजालले बताए ।

विराटनगरका उद्योगि तथा जाजु ग्रुपमा प्रबन्ध निर्देशक महेश जाजु  , देवेनरा ग्रृपका संञ्चालक प्रकाश मुन्दडा , रिजाल ग्रृपका अध्यक्ष नविन रिजाल , ब्यवसायी अनिल साहले करिब ५ करोडको लगानीमा सो पिसिआर ल्याव विराटनगर ४ मा ंञ्चालनमा ल्याईएको छ । बीस्योर प्याथल्याब तथा डायग्नोस्टिक सेन्टर नामरहेको ल्याबले पीसीआर परीक्षण गर्ने अनुमति पाईसकेको छ । सबै मापदण्ड पूरा गरेको ल्याबलाई एक वर्षसम्मको लागि पीसीआर परीक्षण अनुमति दिइएको हो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!