हिपमत डटकम

बिहिबार, कार्तिक ०६, २०७७ || 1216  पटक पढिएको

चीनसँगको सीमा क्षेत्रमा जारी तनावकै बीच भारतले मिसाइल परीक्षणमा अर्को सफल हात पारेको छ । भारतले बिहीबार ‘नाग एन्टी–ट्यांक गाइडेड मिसाइलको अन्तिम चरणको सफलतापूर्वक परीक्षण’ गरेको हो । बिहान ६ बजेर ४५ मिनेट जाँदा राजस्थानको पोखरण फिल्ड फायरिङ रेन्जमा यसको परीक्षण गरियो । भारतको रक्षा अनुसन्धान एवं विकास संगठन (डिआरडिओ) ले नाग मिसाइल विकास गरेको हो ।

सीमामा जारी तनावका बीच मिसाइलहरुको परीक्षणलाई अर्थपूर्ण रुपमा हेरिएको छ । भर्खरै मात्र डिआरडिओका प्रमुखले सेनाका लागि स्वदेशी मिसाइलहरु तयार गर्ने काममा संस्थान जुटेको बताएका थिए । उनले मिसाइल क्षेत्रमा भारतलाई आत्मनिर्भर बनाइने बताएका थिए ।

रक्षा अनुसन्धान र विकासमा स्टार्ट अप र माइक्रो तथा साना र मझौला कम्पनीसहित भारतीय उद्योगको हिस्सेदारीलाई प्रोत्साहित गर्न एक दिन पहिलेमात्रै रक्षामन्त्री राजनाथसिंहले डिआरडिओ प्रोक्योरमेन्ट म्यानअल २०२० को एक नयाँ संस्करण जारी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!