हिपमत डटकम

बिहिबार, कार्तिक ०६, २०७७ || 790  पटक पढिएको

केही अगाडि आफै फिल्म निर्देशन गर्ने बताएका अभिनेता राजेश हमाल अहिले भटाभट म्युजिक भिडियो अभिनय गरिरहेका छन् । यस्तैमा राजेश अभिनित नयाँ म्युजिक भिडियो ‘जुनमा हेरु तिमीलाई’ सार्वजनिक भएको छ । गायक इन्द्रजीत मिजारको स्वर रहेको गीतमा गोपाल लोहारको शब्द तथा सुरेश अधिकारीको संगीत छ । गीतलाई चन्द सिंहले संगीत संयोजन गरेका हुन् ।

मिजारको गीतमा राजेशले २७ वर्षपछि फेरि अभिनय गरेका हुन् । यस अगाडि उनले मिजारको स्वर रहेको फिल्म ‘देउता’को ‘अब यो बाटो मेरो हो’ मा अभिनय गरेका थिए । भिडियोमा हमालको साथमा आज्ञा खतिवडा र दीलिप केसीलगायतको अभिनय रहेको छ । समी श्रेष्ठको कोरियोग्राफी, श्याम तामाङको छायांकन र विकाश दाहालको सम्पादन रहेको भिडियोमा श्याम लामा र काजी लिम्बुको निर्देशन छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!