हिपमत डटकम

बुधबार, कार्तिक ०५, २०७७ || 1156  पटक पढिएको

विराटनगर /ज्येष्ठ नागरिक वडा कार्य समिति विराटनगर–११ ले वडा क्षेत्रभित्र बसोबास गर्ने ज्येष्ठ नागरिकलाई सम्मान गर्ने अभियान सुरु गरेको छ ।
समितिले वडाभित्र बसोबास गर्ने ८४ वर्ष पुगेका ज्येष्ठ नागरिकको जन्मोत्सवको अवसर पारेर घरमै पुगेर सम्मान गर्ने अभियान सुरु गरेको हो । विराटनगर–११ का वरिष्ठ समाजसेवी यादनरसिंह कार्कीलाई सम्मान गरेर समितिले अभियान सुरु गरेको छ । कार्कीको घरमै पुगेर समितिले दोसल्ला ओढाएर सम्मानपत्र हस्तान्तरण गरेको थियो । कार्यक्रममा विराटनगर–११ का वडाध्यक्ष तीर्थेन्द्र न्यौपाने र समितिका अध्यक्ष ललित श्रेष्ठले सम्मान गरेका थिए । सो अवसरमा वडाध्यक्ष न्यौपानेले ज्येष्ठ नागरिकको अनुभव, ज्ञान र सीप भावीपुस्ताले अनुशरण गर्नुपर्नेमा जोड दिए ।
“ज्येष्ठ नागरिकको अनुभव, ज्ञान र सीपलाई समाजले ग्रहण गर्नुपर्छ,” उनले भने, “ज्येष्ठ नागरिक भनेका सिंगो पुस्तक हुन् ।” ज्येष्ठ नागरिकको योगदानलार्ई राज्यले समेत भुल्न नहुने उनको भनाइ थियो । समितिले सुरु गरेको अभियान प्रशंसनीय भएको बताउँदै आगामी दिनमा समेत निरन्तरता दिन वडाध्यक्ष न्यौपानेले आग्रह गरे । त्यस्तै आयोजक संस्थाका अध्यक्ष ललित श्रेष्ठले वडाभित्र बसोबास गर्ने सबै ज्येष्ठ नागरिकको ८४ औं जन्मोत्सवमा विशेष कार्यक्रम गरेर सम्मान गर्ने बताए ।
उनले ज्येष्ठ नागरिक वडा समितिको आफ्नै भवन निर्माण गरिने बताए । त्यसका लागि सम्पूर्ण प्रक्रिया अगाडि बढिसकेको उनले जानकारी दिए । भवन निर्माणका लागि समाजसेवी चिरञ्जीवि दाहालले करिब ५० लाख रुपैयाँ बराबरको जग्गा उपलब्ध गराइसकेका छन् । चाँडोभन्दा चाँडो भवन निर्माण गरेर ज्येष्ठ नागरिकका लागि दिवा सेवाका साथै योग, ध्यान, भजनकीर्तनका साथै पुस्तकालयको समेत व्यवस्था गरिने समितिका वरिष्ठ उपाध्यक्ष अर्जुनकुमार भट्टराईले जानकारी गराए । उनका अनुसार भवन निर्माणका लागि दाताहरुबाट चन्दासमेत प्राप्त भइरहेको छ । भवनको इन्जिनियरिङ डिजाइन भइसकेको छ । करिब १ करोड रुपैयाँमा दुईतले पक्की भवन गरिनेछ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!