हिपमत डटकम

बुधबार, कार्तिक ०५, २०७७ || 826  पटक पढिएको

विराटनगर/ गायक तथा संगीतकार प्रेम घिमिरेको संगीतमा तातो समाचार बोलको गीत म्युजिक भिडियोसहित सार्वजनिक भएको छ ।
पदम साधना कुलुङको शब्द, दिनेश न्यौपानेको संगीत संयोजन रहेको गीतमा नेपाल आईडल सिजन ३ का सेकेन्ड रनर–अप किरण भुजेल र गायिका प्रसिद्धि लामाको स्वर रहेको छ ।
यस गीतको म्युजिक भिडियोको निर्देशन प्रविण तामाङले गरेका छन् भने भिडियोमा जुना सुन्दास र प्रविण तामाङले नै अभिनय गरेका छन् । यस गीतमा धेरै मिहेनत साथ काम गरेकोले यो गीतले दर्शक स्रोताको मन जित्ने आशा गायक किरण भुजेल र प्रसिद्धि लामाले राखेकी छिन् ।
अहिले गीत संगीतको बाढी नै आएको छ । नेपाली म्युजिक क्षेत्रमा दैनिक दर्जनौं गीत सार्वजनिक हुन्छ । यो हप्ता मात्र प्रेम घिमिरेको संगीतमा ४ ओटा गीत सार्वजनिक भई सकेको छ । उनकै संगीतमा केही गीतहरू सार्वजनिक हुने तयारीमा छन् । यो गीत रमाइलो बनेको र म्युजिक भिडियो पनि राम्रो बनेकोले यो गीतले धेरैको मन जित्ने आशा संगीतकार प्रेम घिमिरेले लिएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!