हिपमत डटकम

बुधबार, कार्तिक ०५, २०७७ || 950  पटक पढिएको

बलिउड अभिनेत्री नरगिस फाखरी आफ्नो स्टाइलिश र फेसनेबल लुक्सका कारण चर्चामा रहन्छिन् । इन्टरनेटमा नरगिसको ग्ल्यामर्स लुक भाइरल भइरहन्छ । मंगलबार आफ्नो ४१ औँ जन्मदिन मनाएकी नरगिसको जन्म न्युर्योकमा भएको थियो ।

नरगिस ७ वर्षको छँदा नै उनका बाबुआमाले डिर्भोस गरेका थिए । नरगिसका बाबु मोहम्मद फाखरी पाकिस्तानी हुन् भने आमा मेरी चेक गणतन्त्रकी हुन् । ४१ औँ वसन्त पार गर्दासमेत नरगिसले आफुुलाई निकै फिट राखेकी छिन् । उत्कृष्ट डेसिङ सेन्स र फिटनेशमा उनी २० वर्षको जस्तै देखिन्छिन् ।

रेड आउटफिटमा उनी निकै सुन्दर देखिन्छिन् । यस आउटफिटमा उनले रातो रंगको टप लगाएकी छिन् । रातो टप र खुलेको कपालमा नरगिस फाखरी निकै सुन्दर देखिन्छिन् । रेड वानपिससँगै नरगिसले ब्ल्याक ज्याकेट क्यारी गरेकी छिन् । त्यस्तै, ओठमा डार्क रेड लिपिस्टिक लगाउँदा उनी निकै सुन्दर देखिन्छिन् । उनले रकस्टार फिल्ममार्फत आफ्नो बलिउड करियर सुरु गरेकी थिइन् । फिल्म प्रदर्शनमा आएपछि नरगिसको लुकलाई पनि निकै मन पराइएको थियो ।

नरगिस फाखरीले २००५ मा मोडलिङ सुरु गरेकी थिइन् । त्यसयता, नै उनी ग्ल्यामरस लुक्सका लागि चर्चित छिन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!