आज सप्ताहको तेस्रो दिन मंगलवार शेयर बजार हरियोमय देखिएको छ । बिना कुनै दबाबका बीच आजको बजार १३.२२ अंकले बृद्धि भई १५८३.६१ म बन्द भएको छ ।
सकारात्मक रुपमा शुरुवात भएको आजको बजार १५८० को तेज गतीले माथी चढेर ५ अंकले तल झरे पनि दिउँसो १२ बजे पश्चात लागातार उकालो चढदै १५८३.६१ मा बन्द भएको छ ।
१९३ कम्पनी सहभागी भएको आजको बजारमा १ अर्व २७ करोड १८ लाख २९ हजार ९९० को टर्नअभर भएको छ भने ५० लाख २४ हजार पचासको शेयर ट्रेड देखिएको छ ।
आज बजारमा कुनै किसिमको प्रतिष्पर्धा देखिएको छैन । एकनासले माथी चढेको बजार निरन्तर उकालो लाग्दै १५८३.६१ मा बन्द भएको छ । पछिल्लो सप्ताहमा देखिएको गिरावट आजको कारोबारले पुरा गरेको जानकारहरुले बताएका छन् ।
आजको कारोबारमा शीर्ष १० स्थानमा वृद्धि भएका मध्ये जी आइ सी ९.९१, एम एच एन एल ९.६६, एच डी एच पी सी ९.६०, जे ओ एस एच अई ९.४०, जी एच एल ८.८७, ए पी अइ ७.३२, एन जी पी एल ७.२५, के पी सी एल ६.७८, के के एच सी ६.७२ र आर आर एच पी ६.७० प्रतिशतले बृद्धि भएको देखिन्छ ।
त्यस्तै तल झरेका शीर्ष १० मध्ये एन एफ एस १.८६, आर एल एफ एल १.६४, एम एन बी बी एल पी १.६२, एन आइ सी बी एफ १.२२, जी जी बी एस एल १.०१, एस एल बी एस ०.८६, एस डब्लू बी बी एल ०.७३, जी एफ सी एल ०.५२, ए एल बी एस एल ०.५० र एस आइ एल ०.४० प्रतिशतले तल झरेको छ ।
सप्ताहको चौथो दिन भोली बुधवार यसरी नै सकारात्मक रुपमा बजार उकालो लाग्ने हो की फेरी रातोमय हुने हो भन्ने सबैको चासोको विषय बनेको छ ।