हिपमत डटकम

मंगलबार, कार्तिक ०४, २०७७ || 728  पटक पढिएको

एजेन्सी : रोबोटको कामलाई लिएर समय–समयमा खबरहरु आइरहन्छन् । यस पटक एक रोबोट पत्रकार शियाओ नान चर्चामा छन् । यस रोबोटले एक सेकेन्डमा तीन सय शब्द लेखेको छ । यो लेख वसन्त उत्सवको क्रममा धेरै भीडको स्वरुपमा आधारित छ । यो चीनको एक अखबारले प्रकाशित गरेको छ ।

रोबोटको अध्ययन एंव विकास गर्ने टिम नेतृत्वकर्ता पेकिंग युनिवर्सिटीका प्रोफेसर वान शियाओजुनले रोबोट शियाओ नानले एक सेकेन्डमा खबर लेखिदिएको बताएका छन् । उनले रोबोटले अब साना ठूला दुवै किसिमका समाचार लेख्न सक्ने दाबी गरेका छन् ।

रोबोटको तुलनामा यदि एक सहयोगी संवाददातासँग राखेमा शियाओ नानको विश्लेषण क्षमता उनको भन्दा धेरै राम्रो हुनछ । रोबोटले धेरै छिटो समाचार लेख्न सक्छ, तर यसको अर्थ यो होइन की भविष्यमा रोबोट संवाददाताको स्थान लिनेछ ।

रोबोटको कारण चीनका सरकारी मीडिया संगठनका कर्मचारीहरुमा छटपटीको माहौल भएको छ । किनकि भविष्यमा रोबोटको कारण वर्षौ देखि आफुले गर्दै आएको र जीविका चलाउँदै आएको पेशा नै संकटमा पर्ने हो कि भन्ने डर मानिरहेका छन् ।

नेपाल बाट 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!