हिपमत डटकम
काठमाडौं ,माघ ४  :त्रिभुवन विमानस्थलभित्र दिनहुँ हजारौं यात्रुलाई प्रहरीले चेकजाँच गर्छ। सुन र विभिन्न अवैध सामान ओसारपसार हुने सम्भावनाका कारण प्रहरीले चेकिङ कडा बनाएको छ। विमानस्थलको अन्तिम चेकिङ कक्षमा अझ कडाइ हुन्छ। त्यहाँ मोबाइल, पर्स, झोला, बेल्टलगायत सामाग्री एक्सरे मेसिनद्वारा चेकजाँच गरिन्छ।

व्यक्तिलाई पनि चेकिङ कक्षमा लगेर राम्ररी चेकजाँच हुन्छ। बुधबार पनि प्रहरीले यात्रुलाई चेकजाँच गरिहेको थियो। गायिका आस्था राउत त्यही लाइनमा उभिएकी थिइन्। अरु यात्रुलाई सहज ढंगले चेकजाँच गरेका प्रहरीले आस्थालाई पनि उसैगरी चेकजाँच गर्न लागे।

जहाज ढिलो हुन लागेको भन्दै राउतलाई बाहिरैदेखि रिस उठिसकेको थियो। उनी सांगीतिक प्रस्तुति दिन सिक्किम जाने क्रममा थिइन्। उनको उडान करिब डेढ घण्टा ढिलो भएको थियो। त्यसको रिस राउतले चेकिङ कक्षमा देखाइन्।

चेकिङका क्रममा उनी हतार गर्दै थिइन्। त्यसै क्रममा प्रहरीलाई उनले असहज व्यवहार देखाइन्। त्यति बेला यात्रुलाई चेकिङ गर्न प्रहरी जवान रमिता श्रेष्ठ खटिएकी थिइन्। राउतले चेकजाँचका क्रममा असहज महसुस गरेपछि शंका मान्दै प्रहरी महिलाले झन् कडा रुपमा चेकजाँच गर्न लागिन्। त्यस क्रममा राउत र प्रहरीबीच भनाभन भयो। चेकजाँच सकिएपछि राउत भित्र छिरिन्।

भद्रपुरमा ओर्लिएलगत्तै करिब ३ बजेतिर राउत गाडीबाट फेसबुक लाइभमा जोडिइन्। सो भिडियोले बिहीबार सबैतिर हल्ला मच्चायो। १० मिनेट ३० सेकेन्डको भिडियोमा राउतले ‘प्रहरी मेरो साथी’ नारा मजाक भएको तर्क गरेकी छन्। आफूलाई एक महिला प्रहरीले झर्केर तँ भन्दै ज्याकेट खोल्नुस् भनेको र दुव्र्यवहार भएको उनले भिडियोमा बताएकी छन्। भिडियोमा राउतले प्रहरीलाई ‘डन्ठे’ र ‘बन्दुके’ जस्ता अपशब्द प्रयोग गरेकी छन्

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!