हिपमत डटकम

मंगलबार, कार्तिक ०४, २०७७ || 1010  पटक पढिएको

लोकसेवा आयोगले यही कात्तिक १६ गतेदेखि हुने भनिएका सम्पूर्ण लिखित परीक्षा स्थगन गरेको छ। कोरोना महामारीका कारण परीक्षामा सहभागी हुने उम्मेदवारमा सिर्जना भएको भय र आयोगका कर्मचारीमा पनि संक्रमण पुष्टि भएका कारण परीक्षा स्थगन गरिएको आयोगले विज्ञप्तिमार्फत जनाएको छ।

परीक्षा व्यवस्थापनमा जनशक्ति खटाउन तथा परीक्षा व्यवस्थापन गर्न समस्या हुने जनाइएको छ। त्यसैले पूर्वनिर्णयबमोजिम तोकिएका निजामती सेवा, सुरक्षा निकाय र संगठित संस्थातर्फका सम्पूर्ण लिखित परीक्षा स्थगन गरिएको आयोगले जानकारी दिएको छ।

आयोगले नयाँ मापदण्ड ल्याएर कार्यतालिकाअनुसार परीक्षा सञ्चालन गर्ने तयारी गरेको थियो। तर, कोरोना संक्रमित परीक्षामा सहभागी हुन नपाउने मापदण्ड बनाइएपछि त्यसको आलोचना भएको थियो। आयोगले संक्रमणको विशेष अवस्थामा परीक्षा (सञ्चालन तथा व्यवस्थापन) सम्बन्धी मापदण्डमा रहेको संक्रमितले परीक्षामा समोवश हुन नपाउने व्यवस्थालाई निलम्बन गर्ने निर्णय गरेको छ।

सर्वोच्च अदालतको असोज २९ को अन्तरिम आदेशबमोजिम लोकसेवा आयोगको संक्रमणको विशेष अवस्थामा परीक्षा (सञ्चालन तथा व्यवस्थापन) सम्बन्धी मापदण्ड २०७७ को बुँदा ८(१) कार्यान्वयन नगर्न, नगराउन भनी लेखी आएकोले उक्त व्यवस्था निलम्बन गर्ने निर्णय गरिएको जनाइएको छ। यो निर्णयसँगै संक्रमितले पनि परीक्षा दिन पाउने बाटो भने खुलेको आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खवर छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!

Fatal error: Uncaught wfWAFStorageFileException: Unable to save temporary file for atomic writing. in /home/hipamatcombirend/public_html/wp-content/plugins/wordfence/vendor/wordfence/wf-waf/src/lib/storage/file.php:34 Stack trace: #0 /home/hipamatcombirend/public_html/wp-content/plugins/wordfence/vendor/wordfence/wf-waf/src/lib/storage/file.php(658): wfWAFStorageFile::atomicFilePutContents() #1 [internal function]: wfWAFStorageFile->saveConfig() #2 {main} thrown in /home/hipamatcombirend/public_html/wp-content/plugins/wordfence/vendor/wordfence/wf-waf/src/lib/storage/file.php on line 34