हिपमत डटकम

सोमबार, कार्तिक ०३, २०७७ || 1291  पटक पढिएको

मोरङको पथरीमा संचालित मोरङ हस्पिटल प्रा. लि. का संचालक सहित सोमवार विराटनगरमा चार जनाको मृत्यु भएको छ ।
न्यूरो अस्पतालको कोभिड–१९ अस्पतालमा उपचार भई रहेको मोरङ हस्पिटल प्रा.लि.का संचालक ५३ वर्षीय पुरुष सहित पछिल्लो २४ घण्टामा नोबेल मेडिकल कलेजमा २ जना र कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र बिराटनगरमा १ जनाको मृत्यु भएको हो । न्युरो अस्पतालको कोभिड अस्पतालमा उपचारका लागि भर्ना गरिएका मोरङको पथरीशनिश्चरे नगरपालिका–१ का ५३ वर्षीय पुरुषको सोमबार बिहान ३ बजे मृत्यु भएको अस्पतालका फोकल पर्सन अजित बस्नेत बताएका हुन् । बस्नेतका अनुसार मृतकलाई असोज २२ गते कोरोना देखिएको थियो । आईसीयूमा उपचाररत उनको स्वास्थ्यमा समस्या देखिएपछि भेन्टिलेटरमा राखेर उपचार सुरु भएको थियो । उनी मिर्गौला सम्बन्धी समस्याबाट पनि पीडित थिए । त्यस्तै नोबेल मेडिकल कलेजमा उपचाररत मोरङको ग्रामथान गाउँपालिकाका पुरुषको सोमबार बिहान र विराटनगर–३ का ६६ वर्षीय पुरुषको आइतबार राति ११ बजे मृत्यु भएको हो । नोबेल मेडिकल कलेजका प्रबन्धक नारायण दाहालका अनुसार ंंग्रामथानका पुरुषमा असोज २९ गते र विराटनगर–३ का पुरुषमा असोज २७ गते कोरोना संक्रमण पुष्टि भएको थियो । बिराटनगरको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा उपचाररत बिराटनगर–२ की ६० वर्षीया महिलाको पनि सोमबार बिहान ४ बजेतिर मृत्यु भएको हो । ती महिलामा असोज १९ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!