हिपमत डटकम

सोमबार, कार्तिक ०३, २०७७ || 1606  पटक पढिएको

कालो चना स्वास्थ्यको दृष्टिले एकदमै फाइदाजनक हुन्छ । यो फाइबर, क्याल्सियम, प्रोटिन, भिटामिन र मिनिरलको राम्रो स्रोत हो ।यसलाई विभिन्न तरिकाले खान सकिन्छ । कसैले यसलाई भुटेर त कसैले तरकारीको रुपमा पकाएर खान्छन् भने कसैले भिजाएर टुसा उमारेर काँचो खान्छन् । यी मध्ये टुसा उमारेर यसको सेवन गर्नु सबैभन्दा उत्कृष्ट हुन्छ । केही दिनसम्म यसरी प्रयोग गर्नाले धेरै स्वास्थ्य समस्याबाट छुटकारा पाउन सकिन्छ ।

तर चना भिजाउँदा सँधै टुसा उम्रिन सक्दैन । यसका लागि २५ देखि ५० ग्राम चनालाई सिसाको भाडामा पानी राखेर २४ घण्टासम्म भिजाउनुहोस् । त्यसमा टुसा उम्रिन शुरु हुन्छ ,बिहान उठेर यसलाई खाली पेटमा खानुहोस् ।यसमा आइरन र फरसफोरस पाइन्छ जसले हेमोग्लोबिनको मात्रालाई बढाउँछ । यसलाई दैनिक सेवन गर्नाले रगतको कमी र शरीरको कमजोरी मेटिन्छ ।थकान र सुस्तपनबाट छुटकारा पाउनका लागि पनि टुसा उम्रिएको चना लाभदायक हुन्छ ।

यसले रगतमा चिनीको मात्रा नियन्त्रण गर्नुका साथै अतिरिक्त ग्लूकोज उत्पादन पनि कम गर्छ ।यसले मधुमेहका बिमारीहरुलाई धेरै फाइदा गर्छ । इबरयुक्त हुने भएकोले यसले कब्जियतको समस्या पनि नियन्त्रण गर्छ । यी चनाको साथमा तातो दूध सेवन गर्नु एकदमै राम्रो हुन्छ ।यसमा क्याल्सियम प्रशस्त पाइने हुँदा यसले शारीरिक दुखाई पनि कम गर्छ ।यसले हड्डीलाई पनि मजबूत पार्छ ।कलेजो र पोलियोको समस्या भएकाहरुले पनि यसको सेवन गर्दा बिमार निको हुनसक्छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!