हिपमत डटकम

सोमबार, कार्तिक ०३, २०७७ || 2456  पटक पढिएको

एकथरीको धारणा हुन्छ, जति धेरै खानेकुरा खाइन्छ शरीर उत्तिनै बलियो हुन्छ । अर्काथरी हुन्छन्, खानाका सौखिन । र, तेस्रोथरी हुन्छन् जो मीठोमसिनो भनेपछि आफुलाई रोक्न सक्दैनन् । यी तीन किसिमका प्रवृत्ति हा निकारक छ, खासगरी कलेजोको लागि ।चाडपर्व सुरु हुने बेला छ । यसैपनि चाडपर्वमा हरेकको भान्सामा मीठोमसिनो खानेकुरा पाक्छ । त्यसमाथि दशैं भनेपछि मासुजन्य परिकार खासगरी खसीको पक्कु नभइ हुन्छ ।

दशैंको बेला नेपाली समाजले अत्याधिक मासु र मदि रा ख पत गर्छ । परिवारसँग बस्ने, रमाउने र मीठोमसिनो खाने पर्व हो यो ।यद्यपि यतिबेला ख्याल राख्नुपर्ने कुरा, आश्वयक्ता भन्दा बढी खानेकुराले शरीरका भित्री अंगहरुमा नराम्रो असर पुग्छ । अझ दीर्घरोगी जस्तो कि उच्च रक्तचा प, मधु मेह छ भने त खानपानमा सर्तकता अपनाउनै पर्छ ।

कलेजोको काम;कलेजोको मूख्य काम नै खानेकुरा पचाउने हो । त्यस क्रममा यसले पित्त उत्पादन गर्छ । पित्त एक तरल पदार्थ हो, जुन पित्तथैलीमा जम्मा भएको चिल्लो तथा वासोलाई पचाउन मद्दत गर्छ । साथै यसले रगत छान्न समेत मद्दत गर्छ । विशेषगरी कलेजोले कार्बोहाइड्रट्सलाई ग्लाइ कोजनको रुपमा जम्मा गर्छ र आवश्यक्ता परेको बेलामा त्यसलाई ग्लूकोजको रुपमा निकाल्दछ ।

साथै हामीले खाएका कतिपय खराब तत्वलाई निष्कृ य बनाउनुका साथै शरीरमा पर्याप्त मात्रामा प्रोटिनको उत्पादन गर्दछ, जसले शरीरमा विभिन्न रोगको संक्रमण हुनबाट तथा रक्तश्राव हुनबाट जोगाउँछ । कलेजोमा नै शरीरका लागि आवश्यक पर्ने भिटामिन, मिनरल्स भण्डारण गर्ने भएकोले कलेजोको ख्याल राख्न जरुरी छ ।

कलेजोलाई हानी;अत्याधिक मात्रामा वोसोयुक्त आहारको सेवनले रक्तनलीमा वोसो जम्ने गर्छ र कलेजोले सही तरीकाले काम गर्न नसक्दा शरीरमा विकार जम्मा हुने गर्छ । आवश्यक्ता भन्दा धेरै परिणाममा खाना खाँदा पेट बढ्नुका साथै तौल समेत बढ्ने गर्छ । अझ खानामा पनि एनि मल फ्याटको अधिक सेवनले कलेजोको आर्टरी मोटो हुने गर्छ, जसका कारण पित्तथैलीमा पत्थरी हुने सम्भावना हुने गर्छ ।

केही सर्तकता; कलेजोलाई स्वस्थ राख्न खानपानमा विशेष ध्यान दिन जरुरी छ । आवश्यक्ता अनुसार मात्र खाना खाने, सन्तुलित भोजन गर्ने, कलेजोलाई स्वस्थ राख्ने तत्वको सेवन गर्ने तथा वोसो युक्त खानेकुरा कम खानु पर्दछ । अझ मधुमेह वा मोटोपनाको समस्या हुने व्यक्तिले चिकित्सकको सल्लाह अनुसार डाइट चार्ट फलो गर्ने तथा खाना खाँदा थोरै तर पटक-पटक खाने गर्नु पर्दछ ।

जीवनशैलीमा साधारण परिवर्तन गरेर पनि कलेजो सम्बन्धि समस्याबाट जोगिन सकिन्छ । जीवनशैली परिवर्तन गर्ने भन्नाले सन्तुलित आहारको सेवन, पर्याप्त निद्रा, नियमित व्यायाम भन्ने बुझिन्छ ।धेरै खाने व्यक्तिले नियमित रुपमा व्यायाम गर्न जरुरी छ । नियमित व्यायाम गर्नाले शरीरमा वजन बढ्न पाउँदैन । तर नियमित व्यायाम गर्दा सन्तुलित आहार सेवन गर्नु जरुरी छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!