हिपमत डटकम

सोमबार, कार्तिक ०३, २०७७ || 2897  पटक पढिएको

हिन्दु धर्ममा भगवानलाई पुष्प या फूल चडाउनुलाई विशेष महत्व दिइएको छ। देवी-देवता र भगवानको आरती, व्रत, उपवास र चाडपर्वमा फूल चढाउने गरिन्छ। धार्मिक, अनुष्ठान, संस्कार र सामाजिक कार्यको बिना फुल अधुरो हुन्छ। तर कम मानिसलाई थाहाँ होला फूल भगवानलाई किन चडाइन्छ। धार्मिक, अनुष्ठान, संस्कार र सामाजिक कार्य फूल बिना अधुरो मानिन्छ। यदि तपाई पनि यसको कारण थाहाँ छैन भने आउनुहोस हामी बताउछौ धर्मग्रन्थमा के लेखिएको छ ?

पुण्य संवर्धनाच्चापि पापौघपरिहारत। पुष्कलार्थप्रदानार्थ पुष्पमित्यभिधीयते।देवी-देवता अर्थ – पुण्यलाई बढाउन, पापलाई घटाउन र फल दिनुको कारण यसलाई पुष्प या फूल भनिन्छ। दैवस्य मस्तकं कुर्यात्कुसुमोपहितं सदा। अर्थ- भगवानको शिर सधै फूलहरुले सुशोभित हुनुपर्दछ। पुष्पैर्देवां प्रसीदन्ति पुष्पै देवाश्च संस्थिता न रत्नैर्न सुवर्णेन न वित्तेन च भूरिणा तथा प्रसादमायाति यथा पुष्पैर्जनार्दन।
अर्थ- देवता मानिस रत्न, सुवर्ण, देवता रत्न, सुवर्ण, भूरि, द्रव्य, व्रत, तपस्या र अरु बस्तु भन्दा फूल या पुष्पले प्रसन्न हुन्छन।

फूल चडाउनुको खास कारण के हो, जानौ…मान्यता छ कि पुष्प अर्पित गर्नाले भगवान तुरुन्त प्रसन्न हुनेछन्। फूलको सुगन्धबाट हाम्रो घरको वातावरणमा बास्ना रहन्छ, जसले मनमा शान्ती मिल्छ। दिमागमा सधै सकारात्मक विचार आउँछ। नकारात्मक शक्तीको प्रभाव घरबाट नष्ट हुन्छ। यसले राम्रो जीवन जिउन पनि प्रेरणा दिन्छ। फूलको जीवनको अवधि कम हुन्छ, तर पनि ओइल्याउनु बेला सम्म आफ्नो सुगंध फ़ैलाई रहनछ। हामीले पनि हाम्रो समाजमा यस्तै स्वभाव राख्नुपर्छ जसले हाम्रो वरपरको मानिसहरुलाई सुख प्राप्त हुन सकोस।

फूलबाट हट्छ वास्तुदोष=वास्तु शास्त्रको अनुसार पनि घरमा बगैचा हुनु अनिवार्य छ। घरको बाहिर वाटिका घरको वास्तु दोष समाप्त गर्छ। फूल सुगन्ध र सौन्दर्यको प्रतीक मानिन्छ। घरको अगाडि ब्रह्म कमल, घन्टी फूल, जसमिन फूल नीम आदिको बिरुवा लगाउनाले हरेक खालको वास्तुदोष नाश भएर जान्छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!