हिपमत डटकम

सोमबार, कार्तिक ०३, २०७७ || 1371  पटक पढिएको

संसारभरी चियाको शौखिनहरुको कमी छैन । चियाका विभिन्न स्वाद र प्रकार आ–आफ्ना फाइदाका लागि परिचित छन् । तर के तपाईंलाई कालो चिया पनि फाइदाजनक हुन्छन् भन्ने बारे थाहा छ ? कालो चियाबाट हुने लाभबारे जान्न चाहनुहुन्छ भने यो पढ्नुहोस्ः

१. हृदयका लागि फाइदाजनकः

हो, कालो चिया तपाईंको मुटुका लागि निकै फाइदाजनक हुन्छ । दैनिक एक कप कालो चिया पिउँदा मुटुलाई स्वस्थ बनाउन मद्दत गर्छ । यसमा भएको फ्लेवेनोयड्स एलडीएल कोलेस्ट्रोललाई कम गर्छ । यसबाहेक कालो चियाको प्रयोग मुटुको धमनीलाई स्वस्थ राख्न मद्दत गर्छ र रगत जम्ने प्रक्रियालाई पनि कम गर्न सहयोग गर्छ ।

२.क्यान्सरः

कालो चियालाई दैनिक आफ्नो डाइटमा समावेश गरेर तपाईं प्रोस्टेट, ओभेरियन र फोक्साको क्यान्सरबाट बचाउँछ । कालो चियाको प्रयोग शरीरमा क्यान्सर कोसिकालाई नष्ट गर्न मद्दत गर्छ । यसले महिलामा स्तनको क्यान्सरको सम्भावनालाई पनि रोक्छ साथै मुखको क्यान्सरबाट पनि जोगाउन सहयोग गर्छ ।

३. दिमागका लागिः

दिमागको कोसिकालाई स्वस्थ राख्नका लागि र त्यसमा रक्त प्रवाहलाई थप उत्कृष्ट बनाउनका लागि कालो चिया पिउनु निकै उपयोगी छ । दिनमा लगभग ४ कप कालो चियाको सेवनले तनावलाई कम गर्छ सहयोग गर्छ । यसले दिमागलाई तीब्र पारेर स्मरण शक्ति बढाउँछ र तपाईं पहिलेभन्दा थप सतर्क र सक्रिय हुनुहुन्छ ।

४. पाचनः

कालो चियामा भएको टेनिन पाचन क्रियाका लागि निकै फाइदाजनक हुन्छ । यसका साथै ग्यासबाहेक पाचन सम्बन्धि अन्य समस्यामा पनि निकै फाइदाजनक हुन्छ ।

५. ऊर्जाः

दैनिक कालो चिया पिउनुको एउटा उत्कृष्ट फाइदा भनेको यो पिउँदा तपाईं अत्यधिक ऊर्जाशील महसुस गर्नुहुनेछ र तपाईं सक्रिय पनि रहनुहुनेछ । कालो चियामा भएको क्याफिन अत्यधिक फाइदाजनक हुन्छ र तपाईंको मस्तिष्कलाई पनि सतर्क राख्छ जसले तपाईंको शरीरमा ऊर्जाको सञ्चार निरन्तर हुने गर्छ ।

६. कोलेस्ट्रोलः

यसले तपाईंको शरीरमा कोलेस्ट्रोलको स्तरलाई कम गर्छ जसले तपाईंको तौल क्रमशः कम हुन थाल्छ । यसले शरीरमा मेटाबोलिक प्रक्रियालाई बढाउन सहयोगी भूमिका निर्वाह गर्छ जसले तौल कम गर्न मद्दत गर्छ ।

७. छालाः

कालो चिया पिउनु तपाईंको छालाको समस्या, विशेष रुपको संक्रमणबाट जोगाउन मद्दत गर्छ । यसबाहेक यसले चाउरीपनाबाट पनि तपाईंको छालालाई जोगाउने गर्छ र यसमा भएको एन्टिअक्सिडेन्ट तत्वले छालाको क्यान्सरबाट पनि जोगाउन सहयोग गर्छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!