खबर ठुलो छ

आज १९ अक्टुबर । सन् १७८१ अफिसर जनरल लर्ड कोर्नवालिज नेतृत्वको झन्डै ८ हजार बेलायती फौजले भर्जिनियाको योर्कटाउनमा आत्मसमर्पण ग¥यो । यससँगै फ्रेन्च–अमेरिकी सेना विजयी भयो, संयुक्त राज्य अमेरिकामा क्रान्ति पूरा गरेर बेलायती शासन अन्त्य गर्न यो घटनाको ठूलो भूमिका छ ।

लर्ड कोर्नवालिज अमेरिकी क्रान्तिका दौरान सर्वाधिक सक्षम बेलायती जनरलमध्ये एक थिए । सन् १७७६ मा जनरल जर्ज वासिङटनको राष्ट्रवादी सेनालाई उनले न्यु जर्सीबाट खेदेका थिए, अनि १७८० मा दक्षिण कारोलिनमा जनरल होरेसियो गेट्सको राष्ट्रवादी सेनाविरुद्ध विजय हात पारेका थिए । तर, उत्तरी कारोलिना कब्जा गर्ने क्रममा धेरै क्षति भयो ।

त्यसपछि अप्रिल, १७८१ मा आफ्ना थकित सेना लिएर उनी भर्जिनिया तटतर्फ निस्किए, जहाँबाट समुद्री बाटो हुँदै जनरल हिलारी क्लिन्टनसँग सम्पर्क गर्ने उनको योजना थियो ।

भर्जिनियाका बस्ती र खेतीमा शृङ्खलाबद्ध ढङ्गले आक्रमण गरेपछि अगस्टमा कोर्नवालिस योर्कटाउन गएर बसे, यसपछि उनले योर्क नदी आसपासको ग्लुसिस्टर पोइन्टलाई आफ्नो किल्ला बनाए । लगत्तै, ५ हजार अमेरिकी सेनाको नेतृत्व गरिरहेका माक्र्यिुस् डि लाफायेट्टे जर्ज वासिङटनको निर्देशनअनुसार कोर्नवालिजलाई घेर्न योर्कटाउनतर्फ बढे ।

यस समय जर्ज वासिङटनको नेतृत्वमा न्युर्योकमा २ हजार ५ सय अमेरिकी सेना थिए, उनीहरुलाई काउन्ट डि रोचाम्ब्यु नेतृत्वको ४ हजार फ्रेन्च सेनाको साथ थियो । जर्ज वासिङटन र डि रोचाम्ब्युले काउन्ट डि ग्रेसीको कमाण्डमा रहेका जलसेनाको सहयोगमा योर्कटाउन पुगेर कोर्नवालिजमाथि आक्रमण गर्ने योजना बुने, अनि २१ अगस्टमा उनीहरुले योर्कटाउनको दक्षिणतर्फ जान हुडसन नदी पार गरे । १५ दिनमा २ सय माइल्स यात्रा गर्दै गठबन्धन सेना सेप्टेम्बरको सुरुमै चेसापिक खाडी पुग्यो ।

यता, एडमिरल थोमस ग्रेभ्स नेतृत्वमा रहेको बेलायती जलसेना ५ सेप्टेम्बरमा भर्जिनिया केप्सको लडाइँमा फ्रेन्च जलसेनाको सर्वोच्चता तोड्न असफल भयो, कोर्नवालिजले सोचेजसरी बेलायती सेना बलियो हुन सकेन । यता, चेसापिक आइपुगेको फ्रेन्च–अमेरिकी सेना डि ग्रेसीको सहयोगमा १४ सेप्टेम्बरदेखि भर्जिनियातर्फ हिंड्यो, भर्जिनियामा उनीहरुलाई लाफायेट्टेले संयोजित गरे । २८ सेप्टेम्बरसम्म आइपुग्दा उनीहरुले मिलेर योर्कटाउनलाई घेरा हालिसकेका थिए । यतिबेलासम्म ३ हजार फ्रेन्च सेना र अत्याधुनिक हतियारसहित डि ग्रेसी आफै पनि योर्कटाउन आए ।

यसरी अक्टुबरको सुरुवाती दुई साता १४ हजारभन्दा धेरै फ्रेन्च–अमेरिकी सेनाले ब्रिटिस सेनामाथि धावा बोल्यो । यसपछि ७ हजार सैनिक बोकेको ठूलो बेलायती जहाज कोर्नवालिजको उद्धारमा हिंडेको थियो, तर ढिला भयो । १९ अक्टुबरमै आफ्ना ७ हजार ८७ सेना, ९ सय सहयोगी १ सय ४४ युद्धपोत, एउटा ठूलो युद्धजहाज, १५ वटा डुङ्गा र ३० वटा मालवहाक जहाजसहित कोर्नवालिजले आत्मसमर्पण गरे ।

बिरामी भएको कारण देखाउँदै उनले आत्मसर्पण समारोहमा सहभागिता जनाएनन्, तर उनका दोस्रा कमाण्डर जनरल चाल्र्स ओ हाराले कोर्नवालिजको तरबार फ्रेन्च–अमेरिकी कमाण्डरहरुलाई बुझाए । योर्कटाउनमा राष्ट्रवादीहरुको यो जित अमेरिकालाई स्वतन्त्रता दिलाउने आधार बन्यो, सन् १७८२ बाट शान्तिवार्ता सुरु भयो । अनि, ३ सेप्टेम्बर, १७८३ मा ‘पेरिस सम्झौता’ मा हस्ताक्षर भयो, जसअनुसार आठ वर्षको लडाइँ समाप्त भएर अमेरिकाले स्वतन्त्र देशको मान्यता पायो । ३० अप्रिल, १७८९ मा जर्ज वासिङटनले अमेरिकाको पहिलो राष्ट्रपतिका रुपमा सपथ लिए ।

स्रोत : https://www.history.com/

सोमबार, कार्तिक ०३, २०७७मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबरहरु
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया