हिपमत डटकम

सोमबार, कार्तिक ०३, २०७७ || 874  पटक पढिएको
भगवान शिव

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) अरुकै काममा समय बित्नेहुँदा पढाई लेखाई प्रभावित हुनेछ । व्यापापार व्यावसाय खस्केर जाने हुनाले तत्कालका लागि कुनै योजना बनाएर लगानि गर्ने सोचमा हुनुहुन्छ । ऋण,रोग तथा सत्रुको सामना गर्नुपर्दा दैनिक कामहरु प्रभावित हुँनेछन् । प्रेम सम्बन्धमा मनमुटावको अवस्था सिर्जना हुनेछ भने पति पत्निबिच अबिश्वास पैदा हुँन सक्छ ध्यान दिनुहोला ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) आफ्नै बलबुताले व्यापार व्यावसायमा लागनि गरिन मनग्गे धन सम्पति संग्रह गर्न सकिनेछ । बिगतका कमजोरिहरुलाई सुधार गर्दै सफलताको मार्गमा पढाई बढ्न सकिनेछ । लेखाईमा भनेजस्तो सफलता हात पार्न सकिने हुदा आफन्त तथा साभिभाईहरुबाट बधाईको ओईरो आउनेछ l प्रेम प्रसङमा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) कुनैपनि प्रतिष्पर्धामा तपाईको नम अग्र स्थानमा आउनेछ । बिछोड भएका आफन्तहरुसँग भेट घाटले मन प्रफुल्लित हुनेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने आय आर्जनका स्रोतहरु बढ्नेछन् । सरकारी कार्यालयमा सामान सप्लाई गर्दै हुनुहुन्छ भने मनग्गे आम्दानि हुनेछ । प्रेममा नजिक हुने योग रहेकोछ । पुराना ऋण तथा रोगबाट छुटकारा पाईने समय रहेकोछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) लामो समयदेखि थाति रहेको काम बन्नेछ भने बिभिन्न अवसरको सदुपयोग गरि मनग्गे धन तथा सम्पनि संग्रह गर्न सकिनेछ । आर्थिक मुद्दाहरु हल भएर जानेछन् भने मित्रहरुको सहयोग रहनाले सकयमा कामहरु बन्नेछन् । पढाई लेखाईमा पहिले भन्दा सुधार भएर जानेछ भने अलि बढि मेहनेत गर्दा नतिजा आफैतिर ल्याउन सकिनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) अध्ययन अध्यापनमा अलि बढि समय खर्चिदा नतिजा आफैतिर ल्याउँन सकिनेछ । कुनै काम शुरु गर्नुभन्दा पनि पुरानै कामहरुलाई निरन्तरता दिनुहोला । चाहदा चाहदै पनि घरायसि सुख सुबिधाहरु प्रयोग गर्न नपाउँदा मन खिन्न हुनेछ । काम बिग्रने हुँदा राजकिय सम्मान पाउँने योग टरेर जाने तथा राजनितिमा प्रतिश्पर्धिहरु हावि हुँनेछन् ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) तपाईले शुरु गरेको काममा आफन्त तथा दाजुभाईहरुको सहयोग तथा समर्थन पाईनेछ । व्यावसायबाट मनग्गे लाभ लिन सकिनेछ भने घर परिवारका आवश्यक्ताहरु पुरा गर्न सकिनेछ । बिवादित बिषयहरु तपाई आफ्नै पक्षमा निर्णय हुनेछन् । प्रेममा नजिक हुने समय रहेकोछ भने लामो समयदेखि भेट नभएका मित्रहरु भेटिने हुँदा मन प्रशन्न रहनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) तपाईको कामको धेरैले प्रशंसा गर्नेछन् भने बिशिष्ट व्याक्तिहरुबाट सम्मानित हुने ग्रहयोग रहेकोछ । तार्किक क्षमतामा बृद्धि भएर जानेछ भने सम्मानका साथ आम्दानि बढाउन सकिनेछ । गाएन तथा संगितको क्षेत्रमा लागि नाम कमाउनेहरुका लागि नया नयाँ अवसर आउनेछ । पारिवारिक माहोलमा जमघट भई मिठो मसिनो खाने अवसर जुर्नेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) वन्द व्यापारबाट मनग्गे लाभ लिन सकिनेछ भने आस मारेको काम बन्नाले उत्साह जाग्नेछ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। आफन्त तथा साथिभाईहरुको सहयोगमा विशेष योजनाहरू बन्नेछन्। छिमेकि तथा समुदायको हितमा राम्रै काम गर्न सकिनेछ। सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) लामो दुरिको बिदेश यात्राको तय हुनेछ भने बिदेसि सामानको व्यापार व्यावसाय बढेर जानेछ । कर्म क्षेत्रमा आउने बिवादले आत्मसम्मानमा कमिको महशुस हुनेछ । आकस्मिक खर्च बढ्ने तथा आर्थिक सँकटको सामना गर्नुपर्नेछ । स्वास्थ्य सम्बन्धि सामान्य समस्या आउँने भएपनि दैनिक काम गर्न गाह्रो हुने छैन ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) अध्ययन अध्यापनमा अन्य दिन भन्दा सुधार गरि अरुभन्दा अगाडि बढ्न सकिनेछ । आफुले माया गर्ने मान्छेलाई आफ्नै वरिपरि देख्न पाउदा मन प्रशन्न हुनेछ भने परिवारका आवस्यक्ताहरु पूरा गर्न सकिनेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने नयाँ काम पाउने तथा नोकरिमा पदोन्नति हुने समय रहेको छ । पैत्रिक सम्पतिको प्रयोग गरि आम्दानिका स्रोतहरु बढाउँन सकिनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) कर्म क्षेत्रमा राम्रो काम गरि नाम कमाउन सकिनेछ । बन्द व्यापार फस्टाएर जानेछ भने आर्थिक अवस्था मजभुत हुनेछ । राजनिति तथा समाजसेवामा जनताको काम गर्न सक्दा ईज्जत तथा प्रतिष्ठामा बृद्धि भएर जानेछ । रोजगार पाईने समय रहेकोछ भने गरिरहेको काममा बढोत्तरिको प्रशस्त सम्भावना रहेकोछ । तपाईको शालिन स्वाभावदेखि सबै मोहित हुनेछन् ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) पढाई लेखाई बिद्यार्थिहरुले राम्रो प्रगति गर्ने समय रहेकोछ । धर्म तथा अध्यात्म क्षेत्रमा रुचि बढ्नेछ भने मन्दिर तथा धार्मिक प्रतिष्ठान तिर गई टिका तथा प्रसाद ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । बन्द व्यापार फस्टाएर जानेछ भने नया ठाउमा लगानि गर्ने बाताबरण बन्नेछ । माया प्रेममा नजिक भई आफ्ना आवना साटासाट गर्ने अवसर जुर्नेछ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!