सेतो चम्किलो दाँतले मानिसको स्वास्थ्यलाई मात्र नभएर सुन्दरता र उसको व्यक्तित्वलाई पनि निखारीरहेको हुन्छ । तर धेरैजसो मानिस आफ्नो दाँतको पहेलोपनाबाट एकदमै चिन्तित रहने गर्छन् ।मुहार जति राम्रो भएपनि मुस्कुराउँदा पहेलों दाँत देखियो भने त्यसले तपाईको पूरै सुन्दरतामा नै दाग लगाउँछ ।

यदि तपाई यो समस्याको हल गर्नलाई दन्त चिकित्सककोमा जानुहुन्छ भने यो एकदमै खर्चिलो भने यो एकदमै खर्चिलो र झन्झटिलो हुन्छ । तर यो समस्याका विकल्प बाहिरमात्र नभएर तपाई हाम्रै घरभित्र पनि पाउन सकिन्छ । यसका लागि सातवटा घरेलु उपायहरु छन् ।१. स्ट्रबेरीमा भिटामिन सि पाइन्छ, जसमा अम्लिय पदार्थ ज्यादा भएकोले तपाईको दाँत चम्काउन मद्दत गर्दछ ।

यसका लागि तपाईले स्ट्रबेरीलाई नुनसँग मिचेर दाँतको सफाई गर्नुपर्छ ।२. निबुको ब्रोका पनि केहि समय दाँतमा घस्दा यसबाट दाँतको पहेँलोपना भाग्छ ।३. नुनलाई पेस्टमा राखेर दाँत मोल्दा दाँत चम्कन्छ ।४. दैनिकरुपमा एउटा स्याउ खानुभयो भने त्यसले दाँतमा घस्रण पैदा गर्छ जसले दाँतमा अड्केका कुराहरुलाई बाहिर निकाल्ने काम गर्दछ ।

५. खाने बेकिङ सोडालाई एकचिम्टी टुथपेस्टमा राखेर मोल्दा पनि दाँतमा चमक आउँछ ।६. नरिवलको तेलको एकचम्ची मुखभित्र राखेर १०/ १५ मिनेट कुल्ला गरेर त्यसलाई फ्याँकेपछि ब्रस गर्नुहोस् । यसले दाँत सेतो हुन्छ ।७. तुलसीको पातलाई सुकाएर त्यसको पाउडर बनाएर पेस्टको रुपमा प्रयोग गर्नुभयो भने यसले दाँतलाई चमक दिनुका साथै स्वस्थ बनाउने काम गर्दछ ।तर यी सबै उपायहरु तपाईले रातको समयमा खानापछि अप्नाउनुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!