हिपमत डटकम

आइतबार, कार्तिक ०२, २०७७ || 821  पटक पढिएको
सांकेतिक तस्बिर

घटना १ : रुपन्देहीको इलाका प्रहरी कार्यालय लुम्बिनीका प्रहरी नायब निरीक्षक (सई) गगन सिंह बोगटीले कार्यालयमा दर्ता भएको लेनदेनको उजुरी मिलाइदिने प्रयोजनका लागि स्थानीय दुर्गेश यादवसँग पाँच हजार घुस लेनदेन गरिरहेको अवस्थामा घुस लिने दिने दुवै जना पक्राउ परे।

घटना २ : रुपन्देहीको इलाका प्रहरी कार्यालय बुटवलका हवल्दार शिवचन्द्र सहानी र उनकी श्रीमती निर्मला केवटले हिरासतमा रहेका व्यक्तिलाई धरौटीमा छुटाइदिन सहयोग गरेबापत चार लाख रुपैयाँ घुससहित पक्राउ परे।

घटना ३ : सब डिभिजन वन कार्यालय मुर्गिया रुपन्देहीका वनरक्षक प्रेमचन्द्र विकले काठ ओसारपसारमा सहजीकरण गरिदिए वापत सेवाग्राहीसँग १२ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ परे।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयका प्रवक्ता सुरेश भुसालका अनुसार पछिल्लो १३ दिनमा गरिएको तीन वटा स्टिङ अपरेशनमा तीनजना ‘रक्षक’सहित पाँच जना पक्राउ परेका छन्।

अख्तियारले गरेको स्टिङ अपरेशनमध्ये पहिलो (असोज १९ गते) मा प्रहरी नायब निरीक्षक, दोस्रो (असोज ३० गते) मा प्रहरी हवल्दार र उनकी श्रीमती तथा तेस्रो (कार्तिक १ गते) मा वन रक्षक पक्राउ परेका हुन्। बुटवल अख्तियारको २४ घण्टामा दुई वटा स्टिङ अपरेशन सफल भएको छ।

यसबाहेक असोज २३ गते अख्तियारको सम्पर्क कार्यालय नेपालगञ्जको टोलीले बाँकेको इलाका प्रहरी कार्यालय खजुरा खुर्दका हवल्दार राजेशबहादुर द्वालले निजी जग्गामा रहेको आँपको काठ चिरान मिल र इँटा भट्टामा लैजानको लागि सहजीकरण गरिदिने भनी सेवाग्राहीसगँ १३ हजार रुपैयाँ घुस लिदै गर्दा पक्राउ परे।

बुटवलका प्रहरी हवल्दार प्रहरी दिवसकै दिन पक्राउ परे भने अर्का नेपालगञ्जका हवल्दार र लुम्बिनीका सई प्रहरी दिवसको केही दिन अघि मात्रै पक्राउ परेका हुन्।

नेपाल प्रहरीका महानिरीक्षकले प्रहरी संगठनमा भ्रष्टाचार नियन्त्रण गर्ने/नरहेको जति भाषण दिएपनि फिल्डमा मातहातका प्रहरी घुसमै रुमलिएका छन्।

कानुन मिच्नेलाई पक्राउ गरी कानुनी कठघरामा उभ्याउने जिम्मेवारी पाएका ‘रक्षक’ आफै कानुन मिचेर आर्थिक लाभ लिने दाउमा रहेको अख्तियारको स्टिङ अपरेशनले देखाउँछ। तर, पछिल्लो रुपन्देहीको तीन र बाँकेको एउटा घटनामा घुससहित पक्राउ परेका ‘रक्षक’को आरोप पुष्टि भइसकेको छैन।

अख्तियारका अनुसार यी चारै जना ‘रक्षक’ घुस लिएको अवस्थमा पक्राउ परेका हुन्। चारै जनाको रक्षा गर्ने जिम्मेवारी हो। तर, पाएको जिम्मेवारी निर्वाह गर्नुको साटो कानुनलाई मिचेर अघि बढ्दा आफैँ प्रहरी थुनामा पुगेका छन्।

सीमा क्षेत्रमा अधिकांश प्रहरी विभागीय उद्देश्य भन्दा राजनीतिक पहुँच लगाएर खटिएकाले समस्या देखिएको नेपाल प्रहरीका पूर्वडीआईजी हेमन्त मल्ल बताउँछन्।

राजनीतिक वा माथिल्लो अधिकृतसँग भनसुन गराएर सीमा क्षेत्रमा आउने अधिकांश प्रहरी अतिरिक्त कमाई गर्नेले उद्देश्यले आउने गर्दछन्। प्रहरीमा यो एक किसिमको परम्परा बनिसकेको छ। सीमा क्षेत्रको दरबन्दीका लागि प्रहरीका हाकिमदेखि लिएर जवानसम्मले लबिङ गर्छन्।

भनसुन गरेर सीमा क्षेत्रमा खटाउने क्रम नियन्त्रण नभएसम्म समस्या समाधान हुन कठिन रहेको पूर्वडीआईजी मल्लको भनाइ छ।

प्रहरीको सेवा सुविधा कम रहेको अवस्थामा पनि भ्रष्टाचारलाई अंगालो हाल्ने नमिल्ने भन्दै उनले फिल्ड खटाइएका प्रहरीमाथि पनि निगरानी बढाउन आवश्यक रहेको बताए।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!