हिपमत डटकम , विराटनगर,३ माघ ः चिसो वढेपछि मोरङको धनपालथान गाउपालिकाकाले आज पाँच सय परिवारलाई न्यायो सिरक वितरण गरेको छ । सो गाउपालिकाले वर्डा न ६ अपांग, असहाय तथा गरिव विपन्न समुुदायलाई सिरक वितरण गरिएको सो गाउँपालिकाका अध्यक्ष हरिलाल सिंहको भनाई छ ।
धनपालको दादरवैरियामा आज एक कार्यक्रमको आयोजना गरि मोरङ निर्वाचन क्षेत्र न ५ का प्रतिनिधीसभा सांशद शिवकुुमार मण्डल तथा गाउपालिका अध्यक्ष सिंहले सर्वसाधारणलाई सिरक वितरण गरेका हुन ।
कार्यक्रमलाई संम्बोधन गर्दै सांसद मण्डलले विकास निमार्ण तथा स्थानिय जनताको समस्या समाधानगर्न संघिय सरकार र स्थानिय सरकार विच सहकार्य आवश्यक रहेकोमा जोड दिए । अध्यक्ष सिंहले चिसोका कारण वालवालिका तथा वृद्धवृद्धा वढि प्रभावित भएपछि गाउपालिकाले अरु वजेट काटेर सिरक खरिदगरि वितरण गरिएको हो । झण्डै पाच लाख रुपैयको लागतमा सिरक खरिद गरि वितरण गरिएको सो वर्डाका वर्डा अध्यक्ष मोहमद्ध हुुशैनको भनाई छ ।