हिपमत डटकम

आइतबार, कार्तिक ०२, २०७७ || 539  पटक पढिएको

विराटनगर । विराटनगर महानगरपालिका–४ जामुनगाछीका ८५ वर्षीय संक्रमण वृद्धको बिहान १० बजे होम आइसोलेशनमै मृत्यु भएको महानगर प्रहरीका निरीक्षक राजन पौडेलले बताए ।

संक्रमण वृद्धमा कोभिड १९ को लक्ष्ण देखेपछि असोज २८ गते पिसिर टेस्ट गराउँदा रिर्पोट पोजेटिभ आएको थियो । तर र्वद्धको अवस्था समान्य हुदा घरमै आइसोलेशन मा राखेको थियो ।

कोरोना पुष्टि हुँदा वृद्धको अवस्था सामान्य रहेको र स्वास्थ्यमा एक्कासी समस्या आएर होम आइसोलेशनमै मृत्यु भएको पौडेलले जानकारी दिए । उनका अनुसार वृद्धलाई एक्कासी श्वासप्रश्वासमा समस्या देखिएको पाइएको छ ।

‘श्वास फेर्न गाह्रो भएपछि अस्पताल लैजाने तयारी परिवारका सदस्यले गरेछन्,’ पौडेलले भने, ‘तर अस्पताल लैजान नपाइकन घरमै संक्रमित वृद्ध पुरुषको मृत्यु भएको हो ।’ मृतकमा प्रोस्टेट र उच्च रक्तचापको पुरानै समस्या रहेको जानकारी उनले दिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!