आइतबार, कार्तिक ०२, २०७७ || 788  पटक पढिएको

शेयर सप्ताहको पहिलो दिन कार्तिक २ गते आइतवार नेप्से सकारात्मक रुपले १५६७ मा अगाडी बढे पनि करिब एक घण्टा भित्र १५५४ मा तल झरे । लगातार ओरालो लागि रहेको नेप्से दिउँसो करिब १२ः३० बजे १५६० को लाइन टच गरेर सुस्त कारोबारका बीच ५.६६ अंकले तल झरेर १५५६.८० मा बन्द भएको छ ।
लगतार घटि रहेको शेयर बजार गत सप्ताह आश्विन २५ गते देखि २९ गते सम्मको कारोबारमा टोटल टर्नअभरमा ३७.९७ प्रतिशतले तल झरेको छ भने नेप्से इन्डेक्समा १.७१ प्रतिशतको गिरावट देखिएको छ ।
१८७ कम्पनीको सहभागीता रहेको आज सप्ताहको पहिलोदिन आइतवारको कारोबारमा १ अर्व २५ करोड २७ लाख ४८ हजार १ सय ८१ के टर्नअभर भएको छ । त्यस्तै ४३ लाख ५२ हजार ०१० को शेयर ट्रेड रहेको छ ।
आजको कारोबारमा टे«ेडिङ्ग र ननलाईफ इन्सोरेन्समा हरियो देखिए पनि अन्य सबै रातोमय देखिएको छ । बजार अहिले त्यौहारको मुडमा रहेकोले खरिद बिक्रिमा समेत रक्षात्मक देखिएको जानकारहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!