हिपमत डटकम

आइतबार, कार्तिक ०२, २०७७ || 1035  पटक पढिएको

राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महवीर पुन फेसबुकमा सक्रिय छन्। केन्द्रले उत्पादन गरेका आविष्कारलगायत जानकारी उनले फेसबुकबाटै सार्वजनिक गर्ने गर्छन्।

आविष्कार केन्द्रमा सामान जुटाउन सहयोगीहरूको विवरण, केन्द्रबाट गरिने सहयोगसँगै उनले फेसबुकमा व्यक्तिगत जीवनका सुख दु:ख पनि आफ्ना शुभेच्छुकलाई सुनाउँछन्।

आइतबार यस्तै एउटा पोस्ट उनले गरेका छन्। ‘मैले नि यो वर्षको दसैंमा त नयाँ कपडा पायो बाई’ crying लेखेर उनले कोट पाइन्ट लगाएको फोटो राखेका छन्। महावीरलाई उनका साथीभाइले राम्रो कपडा लगाएन भनेर कचकच गरेका रहेछन्।

नयाँ कोट पाइन्ट लगाएर उनले साथीभाइलाई जवाफ दिएका हुन्। उनले करिब ३२ वर्षपछि आफूले नयाँ कोट पाइन्ट लगाएको बताए।

‘०४५ सालमा अमेरिका पढ्न जाँदा पहिलोपटक कोट लगाएको थिएँ,’ उनले भने, ‘धेरै वर्षपछि दसैंमा मैले नयाँ कपडा लगाएँको हुँ।’ उनले आइतबार दोस्रोपटक नयाँ कोट पाइन्ट लगाएको उल्लेख गरेका छन्।

‘यो कोट पाइन्ट मलाई नै नापेर सिलाइदिएका हुन्। पुरानो जडौरी होइन,’ उनले प्रष्टाएका छन्, ‘मेरो जीन्दगीको यो दोस्रो नयाँ सुट पाइन्ट हो।’

तर उनले यो दसैंमा पनि जुत्ता भने नयाँ लगाएका छैनन्। नयाँ कोट पाइन्टमा छ वर्ष पुरानो जुत्ता लगाएको पुनले बताए।

महावीरले साथीहरूलाई अबदेखि नयाँ लुगा लगाएन भनेर कचकच नगर्न पनि आग्रह गरेका छन्।

‘धेरै साथीहरूले राम्रो कपडा लगाएन भनेर मलाई कचकच गरिरहनु भएको थियो। अब कचकच गर्ने साथीहरू चुप लाग्नुहोस्,’ उनले भनेका छन्, ‘नयाँ कपडा लगाएको फोटो हाल्छु भनेर हिजो गरेको वाचा पूरा गरें।’

उनले नयाँ कोट पाइन्ट आफैंले किनेको वा अरू कसैले उपहार दिएको हो भन्नेबारे खुलाउन चाहेका छैनन्।

‘दसैंका बेला यो नयाँ कपडा कहाँबाट आयो भनेर कसैले पनि नसोध्नु होला,’ उनले भने, ‘केही महिनापछि मैले नै यसबारे बताउनेछु।’

महावीरले नयाँ कोट पाइन्टले दसैं रमाइलो हुने भयो भन्दै आफैंमाथि व्यंग गरेका छन्, ‘कहिलेकाहीँ त गल्लीको कुकुरको पनि दिन आउँछ भनेको यही होला!’  सेतोपटीबाट

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!