गणेश कुमार ठाकुर

आइतबार, कार्तिक ०२, २०७७ || 686  पटक पढिएको

सिरहा/ महान पर्व बिजय दशमी,शुभ दिपावली तथा छठको उपलक्ष्यमा मिर्चेयामा जिल्ला स्तरीय पुरुष क्रिकेट प्रतियोगिता शुरु भएको हो ।
तरुणदल मिर्चैया नगरपालिका वडा नं.२ मल्हनिया पिराडीको आयोजना आजबाट जिल्ला स्तरीय पुरुष क्रिकेट प्रतियोगिता शुरुभएको खेल कार्तिक ९ गते सम्म चल्ने भएको छ ।
प्रतियोगितामा बिजेतालाई नगद रु. १५ हजार र उपबिजेता टोलीलाई नगद रु.१० हजार र कप प्रदान गरिने तरुण दल क्षेत्रीय अध्यक्ष धनेशवर यादवले जानकारी दिए ।

तरुण दल मिर्चैया वडा नं.२ का सभापति राजेद्र कापैरको अध्यक्षतामा भएको प्रतियोगितामा प्रमुख अतिथिको रुपमा नेपाली कांग्रेस तरुण विभाग केन्द्रिय सदस्य कपिल देव साहले खेलको उद्घाटन गरिएको हो ।
त्यसै गरि प्रतियोगितामा अतिथि जसपाको केन्द्रिय सदस्य प्रदिप मंडल,नेपाली कांग्रेस मिर्चैयाको नगर सभापति रमेश न्यौपाने,तरुण दल क्षेत्रीय अध्यक्ष धनेशवर यादव, तरुण दल मिर्चैया नगरपालिका वडा नं.१ का सभापति दयानाथ कापैर लगायत सम्बन्धित विद्यालयका प्रधानाध्यापक, शिक्षक, विभिन्न राजनीतिक दलका प्रतिनिधी, बुद्धिजिवी, समाजसेवी, नगरवासी, संचारकर्मीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!