हिपमत डटकम

आइतबार, कार्तिक ०२, २०७७ || 737  पटक पढिएको
फ़ाईल तस्बिर

कैलालीमा मोटरसाईकल गस्तिमा खटिएका प्रहरीको हत्या भएको छ ।

शनिवार साँझ ८ बजे अस्थायी प्रहरी पोष्ट जुगेडाबाट ड्युटी गएका एकजना प्रहरीको शव फेला परेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता (एसएसपी) मुकेश कुमार सिंहले बताए ।

जुगेडामा कार्यरत प्रहरी सहायक निरिक्षक (असई) गोविन्द बिक र जवान राम बहादुर साउन मोटरसाईकल गस्तिमा निस्किएका थिए ।

उनीहरुमध्ये एक जनाको शव मोहना खोलामा फेला परेको छ । घोप्टो परेको अवस्थामा भेटिएको शव निकाल्न बाँकी रहेको र शव पहिचान भइनसकेको एसएसपी सिंहले बताए ।

बिहानसम्म ड्युटीबाट नफर्केपछि खोजी गर्दा शव फेला परेको हो । शव फेला परेको ठाउँ नेपाल–भारत सिमना नजिकै पर्छ । तस्कर समूहले हत्या गरेको आशंकामा जिल्ला प्रहरी कार्यालय कैलालीले अनुसन्धान शुरु गरेको छ ।

रातोपाटीमा राजेश भण्डारीले लेखको

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!