आइतबार, कार्तिक ०२, २०७७ || 2126  पटक पढिएको

विकास निर्माणमा प्रयोग हुने पहिलो जगको रुपमा रहेको ईट्टा प्रदेश १ मा यस वर्ष उत्पादन नहुने भएको छ । भारतिय मजदुरको भरमा संचालन हुने ईट्टा उद्योग कोभिड १९ (कोरोना भाइरस) को कारण ठूलो मारमा परेको छ ।

बार्षिक ३ अर्ब ४० करोड रुपैया बराबर कारोवार गर्ने ईट्टा उद्योग मजदुर अभावमा संचालन नहुने भएका छन् । करिब ९० प्रतिशत मजदुर भारतीय रहेकाले प्रदेश १ का ८५ ईट्टा उद्योगले मजदुर ल्याउन नपाउ“दा उद्योग संचालन गर्न नसकिने भएका कोशि ईट्टा व्यवसायी संघका अध्यक्ष महेन्द्र साहले जानकारि दिएका छन् ।

अध्यक्ष साहका अनुसार अधिकांस दक्ष कामदार सिमान बन्द भएको कारणले भारत बाट आउन नपाउ“दा उद्योग संचालन गर्न नसकिने भएका छन् । प्रदेश १ का ईट्टा उद्योगमा करिब २२ हजार भारतिय मजदुर काम गर्ने गरेको छ जसमध्ये अधिकांश कामदार भारतको पश्चिमबंगालको कुचबिहार जिल्लाका हुन । संघले उद्योग मन्त्रीलाई ईट्टाउद्योग संचालनका लागि पहल गरिदिन ज्ञापनपत्र बुझाए पनि भारतबाट सहज रुपमा मजदुर आउने निश्चित नभए पछि उद्योग संचाल नहुने संभावना बढ्दै गएको छ ।

ईट्टा उद्योगीले भारतीय मजदुरहरुलाई पहिले नै एक सिजनको रकम भुक्तानी गरेपछि उनीहरु स–परिवार आवासिय रुपमा उद्योगमा काम गर्न आउ“छन् र भदौ अन्तिम देखी असोज भित्रमा उनीहरु काम सुरु गरि सक्छन् । वैशाख सम्म काम गरेर ती मजदुरहरु आफ्नो घर फर्किसक्छन् ।

निर्माण व्यवसायी संघ मोरङका कोषध्यक्ष दाताराम पौडेलले ईट्टाको उत्पादन रोकिदा विकास निर्माण चौतर्फी रुपमा प्रभावित हुने बताएका छन् । उनले हाल सालै ईट्टाको मुल्यमा समेत बृद्धि भएकोले अघिल्लो वर्ष सम्झौता भएका काम समेत प्रभावित भएको बताएका छन् ।

उद्योगले उत्पादन गर्ने ईट्ट ७ रुपैया देखी १८ रुपैया गोटा सम्म पर्छ । प्रदेश १ मा रहेका ८५ ईट्टा उद्योगले बार्षिक न्यूनतम ३४ करोड ईट्टा उत्पादन गर्दै आएका छन् । प्रदेश १ का ईट्टा भट्टाले बार्षिक कर बापत ३५ करोड राजश्व बुझाउदै आएका छन । उद्योग संचालनमा नआए सरकारले राजश्व समेत गुमाउने छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!