हिपमत डटकम

आइतबार, कार्तिक ०२, २०७७ || 512  पटक पढिएको

बागलुङको पश्चिम क्षेत्र बडिगाड गाउँपालिकास्थित भिमगिठे खोलाले बगाएर एक बालकको मृत्यु भएको छ । शनिबार बडिगाड गाउँपालिका–७ भिमिगिठे निवासी अनुज केसीका ७ वर्षीय छोरा अनुपको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राजेन्द्र रेग्मीले जानकारी दिए ।
भिमगिठे खोलामा पौडी खेल्ने क्रममा बगाएर दुई किलोमिटर तल पु-याएको बालकलाई प्रहरी र स्थानीयले उद्दार गरेका थिए । उद्दार पछि बडिगाड पोलिक्लिनिकमा उपचारका लागि लगे पनि बालकको मृत्यु भएको रेग्मीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!