हिपमत डटकम

शनिबार, कार्तिक ०१, २०७७ || 761  पटक पढिएको

मागुुर जातको माछाको आयात नरोक्न माछा व्यवसायीहरुले आग्रह गरेका छन विराटनगरमा आज पत्रकार सम्मेलनगरि व्यवसायीहरुले माछा आयात खुुलागर्न आग्रह गरेका हुुन ।
विगत २५ वर्षदेखी सवै प्रक्रिया पुुरागरि जिउदो मागुुर जातको माछा आयात गर्दै आएको मा एक्कासी आयातमा प्रतिवन्ध लगाउदा माछा व्यवसायीमात्र नभएर नेपाली माछा किसानहरु समेत मार्कामा परेको उनिहरुको भनाई छ ।
माछा व्यावसायी मोहमद एहसान शेखले सरकारले माछा पैठारीमा रोक लगाउदा पाचहजार भन्दा वढि माछा व्यवसायी मार्कामा परेको वताउनुुभयो । मागुुर अर्थात मुुंग्री जातको जिउदो माछा स्वस्थ्यकर र अरुमाछाको मुुल्यभन्दा सस्तो भएका कारण वजारमा सो माछाको माग अत्याधिक रहेको उहाको भनाई छ ।
अर्का व्यपारी सुुभान मियाले मागुुर जातको माछा वार्षिक चार हजार टनभन्दा वढि खपत हुुने गरेको र क्वारेन्टाइन तथा भन्सारमा समेत माछा स्वथ्यकर भए नभएको भनेर जाच गराएर माछा नेपाल ल्याउने गरेकाले सो माछाले जैविक विविधतामा असर नपर्ने वताउनुुभयो ।
सप्तरी हनुुमान नगरका माछा व्यापारी सन्तोषकुुमार मुुखियाले माछाको आयातमा रोक लगाउनुु कानुुन सम्वत नभएको यसले उपभोक्तालाई मार्कामा पारेको वताउनुुभयो । सो जातको माछा नेपालमा वार्षिक १ हजार दुुईसय टन उत्तपादन हुुने गरेको व्यवसायीहरु वताउछन । आफुुहरुले मासिक एक करोडभन्दा वढि राजश्व वुुझाउने गरेको उनिहरुले वताए ।
पत्रकार सम्मेनलमा व्यवसायीहरुले आयात फुुकुुवका लागी सर्वोच अदालतमा समेत निवेदन दिएको वताएका छन । विभिन्न नाका भएर वार्षिक ३ हजार टन सो जातको जिउदो माछा नेपालमा आयात हुुने गरेको छ । भारतको वेङलोर तथा वेस्टवंगालवाट माछा नेपाल भित्रिने गरेको छ । नेपाल सरकारले गत भदौदेखि सो माछाको आयातामा प्रतिवन्ध लगाएको हो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!