हिपमत डटकम
इटहरी,३ माघ : विवादित कुराहरु बोलेर फेसबुक लाईभमा आइरहने र्यापर साकारलाई झापा प्रहरीले नियन्त्रणमा लिई परिवारलाई बुझाएको छ । साकार भनिने साकारा अधिकारीका मामा नेपालद्धत शिवाकोटी र आमा रोजु अधिकारीले इलाका प्रहरी कार्यालय बिर्तामोडलाई खोजतलासको लागि दिएको निवेदनको आधारमा उनलाई बिर्तामोडको एक होटलबाट बिहिबार नियन्त्रणमा लिई मामालाई बुझाइएको हो । साकार र्याप कन्र्सटको लागि भुटान जाने भन्दै बिगत तिन दिनदेखि बिर्तामोडको एक होटलमा बास बसेका थिए । हेर्नुस उनले प्रहरी भ्यानामै र्याप हान्दा यस्तो थियो माहौल

होटलमा उनि मिकि नाम गरेकी एक युवतीसँग बसेर बुधबार साँझ फेसबुक लाईभ गर्दै राजनितिक दलका नेताहरुलाई अपशब्द बोलेका थिए । साथै भिडियोमा खुकुरी देखाउदै चुरोट तानेको समेत देखिन्छ । लाईभमै साकारले रवि लामिछानेले संञ्चालन गर्ने लोकप्रिय कार्यक्रम सिधा कुरा जनतासँगको बिषयमा गलत टिप्पणी समेत गरेका छन् । घर परिवारसँग सल्लाह नगरी साकार घरबाट हिडेको भन्दै उनको मामाले प्रहरीलाई खोजतलासको लागि सहयोग मागेको इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी मुकुन्द रिजालले जानकारी दिए । ‘हामीले मात्र उनलाई होटलबाट नियन्त्रणमा लिइ मामालाई बुझाएका हौ’ उनले भने ।

 

साकारलाई झापा निवासी मामा नेपालद्धत शिवाकोटीले प्रहरी कार्यालयबाट बुझेको प्रहरीले जनाएको छ । साकारलाई नियन्त्रणमा लिएर फर्किएको प्रहरी टोलीको भ्यानमै र्याप हानेको भिडियो स्वयम साकारले फेसबुकमा लाईभ गरेका छन् । भिडियोमा एक असईको कमाण्डमा रहेको प्रहरी सबार भ्यान भित्र साकारले र्याप हानेका थिए । प्रहरीले पनि ताली बजाउदै राष्ट्र हाक्ने युवा भन्दै उनको समर्थन गरेका थिए । भिडियोमा उनले मामा र आमाको कारणले आफु भुटान कन्र्सट जानबाट रोकिएको बताएका छन् । साथै साकारसँग रहेकी मिकि नाम गरेकी युवतीले पनि भ्यानमा र्याप हानेकी छिन् । उनले नेता र देशको बिरुद्ध बोलेको कारण आमाले चिन्ता लिएर प्रहरीलाई खबर गरेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!